राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको निधन



हाम्रो इकोनोमि

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा स्ट्राइकर मणि शाहको सोमबार साँझ निधन भएको छ।

शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले मणिकै प्रेरणामा फुटबलतर्फ स्वर्ण जितेको थियो। उक्त सागमा नेपालले एकमात्र स्वर्ण जितेको थियो।

भारतविरुद्ध भएको फाइनलमा निर्धारित समयको खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्री-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए।

त्यसपछि नेपालले अतिरिक्त समयमा गोल गर्दै पहिलो स्थान हात पार्न सफल भएको थियो। पारिवारिक स्रोतका अनुसार मणी विगत केही वर्षदेखि कलेजोको समस्याले ग्रस्त थिए। बीचमा केही आराम भएका मणीलाई ज्वरो आएपछि शनिबार नर्भिक पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...