अपार्टमेन्टमा कोठी सञ्चालन गरेर भिडियो खिच्दै ब्लाकमेलिङ गर्ने युवा जाकीए खोरमा



हाम्रो इकोनोमि

 नेपाली युवतीहरुलाई लगेर भारतमा कोठी चलाउने अभियुक्त पक्राउ परेका छन्। अर्घाखाँची सितगंगाका २६ वर्षिय रमेश खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

उनको कोठीबाट भागेकी एक युवतीको जाहेरीका आधारमा उनलाई पक्राउ पक्राउ गरिएको सिआईबीका एसपी बुद्धिराज गुरुङले बताए।

प्रहरीका अनुसार उपचारको बहानामा उनले युवतीहरुलाई दिल्ली लैजाने गर्दथे। अपार्टमेन्टमा बन्धक बनाएर आफु पनि यौन शोषण गर्ने र ग्राहक खोजेर जबरजस्ती सम्बन्ध राख्न लगाउथे। युवतीहरुलाई केही पैसा दिएर उनले फकाउने प्रयास गर्दथे।

नमान्नेको नांगो भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै जबरजस्ती बेश्याबृतिमा लगाउदै आएको प्रहरीले जनाएको छ।

निवेदन परेको २ महिनापछि उनी पक्राउ परेका हुन्। मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अदालतले उनलाई ७ दिनको म्याद दिएको छ। उनीबारे थप अनुसन्धान गर्न सिआईबी टोली दिल्ली जाने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...