अपार्टमेन्टमा कोठी सञ्चालन गरेर भिडियो खिच्दै ब्लाकमेलिङ गर्ने युवा जाकीए खोरमा



हाम्रो इकोनोमि

 नेपाली युवतीहरुलाई लगेर भारतमा कोठी चलाउने अभियुक्त पक्राउ परेका छन्। अर्घाखाँची सितगंगाका २६ वर्षिय रमेश खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

उनको कोठीबाट भागेकी एक युवतीको जाहेरीका आधारमा उनलाई पक्राउ पक्राउ गरिएको सिआईबीका एसपी बुद्धिराज गुरुङले बताए।

प्रहरीका अनुसार उपचारको बहानामा उनले युवतीहरुलाई दिल्ली लैजाने गर्दथे। अपार्टमेन्टमा बन्धक बनाएर आफु पनि यौन शोषण गर्ने र ग्राहक खोजेर जबरजस्ती सम्बन्ध राख्न लगाउथे। युवतीहरुलाई केही पैसा दिएर उनले फकाउने प्रयास गर्दथे।

नमान्नेको नांगो भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै जबरजस्ती बेश्याबृतिमा लगाउदै आएको प्रहरीले जनाएको छ।

निवेदन परेको २ महिनापछि उनी पक्राउ परेका हुन्। मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अदालतले उनलाई ७ दिनको म्याद दिएको छ। उनीबारे थप अनुसन्धान गर्न सिआईबी टोली दिल्ली जाने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...