ओली र मोदीकै सामुन्ने नेपालको झन्डा बिगार्ने ४ भाईलाई मन्त्री लालबाबु पण्डितले सोधे यस्तो स्पष्टीकरण



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा जनकपुरको जानकी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा बिगारिएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चार जनासँग स्पष्टीकरण मागेका छन्।

मन्त्री पण्डितले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई राष्ट्रिय झन्डाको अपमान गरिनुको कारण माग्दै स्पष्टीकरण सोधेका हुन्। उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओली र मोदीको संयुक्त सम्बोधनका क्रममा नेपाली झन्डाको स्वरुप बिगारेर अपमान गरिएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार नै स्पष्टीकरणसहितको पत्र पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...