मोदी भारत नपुग्दै जनकपुरमा थुप्रियो फोहोरको डङ्गुर,मोदीलाई देखाउन करोड खर्चेर बनाएको पर्खाल ढल्यो



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सकिएलगत्तै जनकपुर उपमहानगरपालिकामा फोहर बढ्दै गएको छ । महत्त्वपूर्ण कुरा त के भने मोदीको भ्रमणलाई केन्द्रित गरी सरसफाई तथा रंगरोगन, मिथिला चित्रकला लगायतमा प्रदेश सरकार र स्थानीय सरकार जनकपुर उपमहानगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेका छन, यद्यपि त्यस ख़र्चको रकमबारे अहिलेसम्म सार्वजनिक भने गरिएको छैन ।

मोदी आउनुअघि जनकपुर उपमहानगरपालिकाले रंगभूमि मैदान बाह्र बिघा र जानकी मन्दिरको विवाह मण्डपको कम्पाउण्ड वालमा लाखौं रकम खर्चिएर मिथिला चित्रकला झलकिने गरी पेन्टिङ गराएका थिए । चित्रकलासँगै सरसफाई तथा स्वच्छता अभियान, सम्पदा सुरक्षा लागायतका नाराहरू समेत ती पर्खाल मा लेखिएको थियो ।

मोदीले नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उक्त कार्यको प्रसंसा गर्दै प्रदेश सरकार र मेयरको प्रशंसा समेत गरेका थिए । उपस्थित लाखौं मानिसले थप्पडी समेत बजाएका थिए । तर मोदी फर्किएलगत्तै त्यही चित्रकलाको महत्त्व घटाउने गरी फूटपाथ पसल सञ्चालनमा आउन थालेका छन् ।

ती फूटपाथ पसलेहरूसँग कुरा गर्दा विगतमा रंगभूमि मैदानमै पसल सञ्चालन गर्दै आएको तर अहिले त्यहाँ गर्न नादिएकाले पसल सञ्चालन गरेको बताए । त्यसैले नगरबासी भने मोदीका लागि मात्रै त्यति सौन्दर्यीकरण गरिएको थियो र उनी फर्किएपछि मतलब नराख्नु ले मेयरले मोदिलाई खुशी पार्न मात्र काम गराएको हो भनेर प्रश्न गर्छन।
जानकी मन्दिरको पर्खाल ढल्यो ।

आइतबार राति आएको हावाहुरी तथा वर्षाका कारण जानकी मन्दिरको पर्खाल ढलेको छ । होडिङ बोर्ड झुण्ड्याइएका कारण अतिरिक्त भारले हावाहुरीमा पर्खाल ढल्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...