मोदी भारत नपुग्दै जनकपुरमा थुप्रियो फोहोरको डङ्गुर,मोदीलाई देखाउन करोड खर्चेर बनाएको पर्खाल ढल्यो



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सकिएलगत्तै जनकपुर उपमहानगरपालिकामा फोहर बढ्दै गएको छ । महत्त्वपूर्ण कुरा त के भने मोदीको भ्रमणलाई केन्द्रित गरी सरसफाई तथा रंगरोगन, मिथिला चित्रकला लगायतमा प्रदेश सरकार र स्थानीय सरकार जनकपुर उपमहानगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेका छन, यद्यपि त्यस ख़र्चको रकमबारे अहिलेसम्म सार्वजनिक भने गरिएको छैन ।

मोदी आउनुअघि जनकपुर उपमहानगरपालिकाले रंगभूमि मैदान बाह्र बिघा र जानकी मन्दिरको विवाह मण्डपको कम्पाउण्ड वालमा लाखौं रकम खर्चिएर मिथिला चित्रकला झलकिने गरी पेन्टिङ गराएका थिए । चित्रकलासँगै सरसफाई तथा स्वच्छता अभियान, सम्पदा सुरक्षा लागायतका नाराहरू समेत ती पर्खाल मा लेखिएको थियो ।

मोदीले नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै उक्त कार्यको प्रसंसा गर्दै प्रदेश सरकार र मेयरको प्रशंसा समेत गरेका थिए । उपस्थित लाखौं मानिसले थप्पडी समेत बजाएका थिए । तर मोदी फर्किएलगत्तै त्यही चित्रकलाको महत्त्व घटाउने गरी फूटपाथ पसल सञ्चालनमा आउन थालेका छन् ।

ती फूटपाथ पसलेहरूसँग कुरा गर्दा विगतमा रंगभूमि मैदानमै पसल सञ्चालन गर्दै आएको तर अहिले त्यहाँ गर्न नादिएकाले पसल सञ्चालन गरेको बताए । त्यसैले नगरबासी भने मोदीका लागि मात्रै त्यति सौन्दर्यीकरण गरिएको थियो र उनी फर्किएपछि मतलब नराख्नु ले मेयरले मोदिलाई खुशी पार्न मात्र काम गराएको हो भनेर प्रश्न गर्छन।
जानकी मन्दिरको पर्खाल ढल्यो ।

आइतबार राति आएको हावाहुरी तथा वर्षाका कारण जानकी मन्दिरको पर्खाल ढलेको छ । होडिङ बोर्ड झुण्ड्याइएका कारण अतिरिक्त भारले हावाहुरीमा पर्खाल ढल्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...