एमालेका प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन



हाम्रो इकोनोमि

प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ ।रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किका उनलाई मष्तिस्काघात भएको थियो ।चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको र आज निधन भएको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिए ।

उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।आज साढे चार बजे उनको पशुपति आर्यघाटमा अन्तिम सस्कार हुदै छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...