प्रधानमन्त्री माथि संसदमा यसरी खनिए गगन थापा,लगाए यस्ता आरोपै आरोपको खात



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बेला सरकारले देखाएको व्यवहारले सरकार र प्रधानमन्त्री लम्पसारवादी मात्रै होइन, ‘महालम्पसारवादी’ देखिएको बताए।

उनले भने, ‘मेरो प्रश्न भारतीय प्रधानमन्त्री मोदीका बारेमा होइन। उहाँले त भन्नु भएको थियो, यो तीर्थयात्रा हो। उहाँको तीर्थयात्रा सफल भएको छ। तर मेरो प्रश्न हाम्रो प्रधानमन्त्रीका लागि हो। उहाँ किन यसरी लम्पसार पर्नुभयो?’

सांसद थापाले भने, ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा यस्तो गर्छु, उस्तो गर्छु भनेर गर्जेको सुनेको थिएँ। तर हिजो (आइतबार) मोदी भ्रमणबारे जानकारी दिँदा उहाँले शब्द खोज्नु परेको थियो। केही लुकाउनुका लागि किन?’

थापाले प्रधानमन्त्री ओलीलाई गर्जने तर नवर्षने बादलको संज्ञा दिए। उनले भने, ‘मलाई त अचम्म लागेन किनकि गर्जने बादल वर्सदैँन भन्ने थाहा थियो। तर जनतालाई किन लुकाउनु खोज्नु भयो?’

कसैले भन्दै नभनेको कुरामा पनि प्रधानमन्त्रीले प्रष्टीकरण दिएको थापाको आरोप छ। उनले ने, ‘देशको हित विपरित कुनै काम भएको छैन भन्नु भयो प्रधानमन्त्रीले। यो कसले भनेको थियो र? न संसदमा न सडकमा सकैले भनेको सुनेको छैन। तर प्रधानमन्त्रीले त्यसमा किन प्रष्टीकरण दिनुभयो? यसको कारण के?’

पहिला भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा गरिएको तामझामलाई देखाएर लम्पसारवादी भन्नेले अहिले मोदीको भ्रमणका लागि गरेको तामझामले महालम्पसारवादी बनाएको उनको आरोप छ।

प्रधानमन्त्री ओली भारतको अगाडि घुँडा टेकेको र त्यसले घुँडामा चोट होइन, भ्वाङ्ग नै परेको उनले आरोप लगाए।

यस्तै उनले प्रदेश नम्बर २ मा कूटनीतिक मर्यादा नाघिएकोप्रति कडा आलोचना गरे। उनले भने, ‘परराष्ट्र नीति प्रदेशको मुख्यमन्त्रीले जान्दैन, जान्ने परराष्ट्र मन्त्रीले हो। हाम्रो परराष्ट्र मन्त्री शालिन हुनुहुन्छ तर तालिम नपुगेको जस्तो देखियो।’

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...