प्रदेशसभा सदस्य हरिशरण लामिछानेलाई मष्तिस्काघात, स्वास्थ्य अवस्था गम्भीर,काठमाडौँ मेडिकल कलेजको भेन्टिलेटरमा



हाम्रो इकोनोमि

प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किका उनलाई  मष्तिस्काघात भएको हो ।चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिए ।

उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उहाँको अवस्था स्थिर रहेको उनले बताए । लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा ९एमाले० का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएका छन् ।शनिबार मात्रै राराबाट घर फर्किएका उनको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...