प्रचण्डलाई भेटेर वर्षमानले भने ओलीसँग फाईनल कुरा गर्नुहोस् अब पार्टी एकीकरण हुन्न



नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् ।स्रोतका अनुसार मन्त्री पुनले आजै अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका हुन् । पुनले प्रचण्डसमक्ष राखेको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो,‘अध्यक्षज्यू तपाईले एक पटक प्रधानमन्त्री ओलीजीसँग फाईनल कुरा गर्नुहोस्, उहाँले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं, उहाँले मन्त्रालयको कामकारबाहीमा समेत हस्तक्षेप गर्दै आउनुभएको छ, हामी माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने साथीहरुलाई काम गर्न निकै गाहो भएको छ ।

उनले पटक पटक प्रधानमन्त्री ओलीको कार्यशैली ठिक नभएको गुनासो अध्यक्ष प्रचण्डसामू पाखेपछि यसबारेमा आफूले ओलीसँग फाईनल कुरा गर्ने प्रचण्डले आश्वास दिएकोपनि स्रोतको दाबी छ । प्रचण्डले पुनसमक्ष भनेका थिए,‘यतिको गाहो त हामीलाई कांग्रेससँग सरकारमा सहकार्य गर्न गाहा भएको थिएन, कांग्रेसले हामीलाई मन्त्रालय सञ्चालन गर्न कुनै अवरोध गरेको थिएन, स्वतन्त्र छोडिदिएको थियो ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाईएको मन्त्री पूनलाई बताएका थिए ।पछिल्लो समय विभागीय मन्त्री भएपनि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भएको अरुण तेस्रोको शिलान्यास कार्यक्रमममा पुनलाई बाईपास गरेपछि अहिले माओवादी र एमालेबीच सरकार सञ्चालन र माओवादीले नेतृत्वको गरेको मन्त्रालयको विषयमा विवाद उत्पन्न भएको छ ।प्रचण्डलाई भेट्न मन्त्री पुनसँगै अरु मन्त्रीहरुपनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन

बाढी–पहिरोले दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

    केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म