एफएममा अन्तर्वार्ता दिँदा दिँदै विप्लवको कार्यक्रता दिलवहादुर साउँद पक्राउ



हाम्रो इकोनोमि

कैलालीको लम्की चुहा नगरपालिकास्थित सामुदायिक रेडियो पश्चिम आवाजमा आज (आइतवार) अन्तरवार्ता दिइरहेको अवस्थामा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका नेता दिलवहादुर साउँद गिरफ्तार भएका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडको टोलीले दिउँसो साढे ३ वजे स्टुडियो भित्रै पसेर नेता साउदलाई प्रक्राउ गरेको हो ।

घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश नं. ७, कैलाली शाखा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले घोर भर्त्सना गरेको छ ।

महासंघका प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरी टोली छापामार शैलीमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको घोर भर्त्सना गरिएको छ । अब उपरान्त यस्ता घटना नदोहोरिन दिन सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ ।

त्यस्तै फोनिज कैलाली अध्यक्ष लखन चौधरी र सचिव राम दहितद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरीले प्रवेश गरी पक्राउ गर्नुलाई सिंगो प्रेस जगतमाथि नै प्रहार भएको ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...