पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु



हाम्रो इकोनोमि

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ ।

जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भयो । पञ्जाबको भक्कर जिल्लामा एक घरको छत भत्किँदा दुईजनाको मृत्यु भयो भने तीनजना घाइते भए ।

स्वात उपत्यकामा भारी वर्षाका कारण सडकमा पानी भरियो र कारहरू फसे । पाराचिनारमा विगत १० दिनयता वर्षा हुँदा अनि कोह–ए–सफेद पर्वतीय रेन्जमा असिना पर्दा तापक्रम पनि ह्वात्तै घटेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...