नेपालमा रहेका पुराना भारु साट्न ओलीले गरेको आग्रहलाई मोदीले यसरी ठाडै अस्वीकार गर्दिए



हाम्रो इकोनोमि

नेपालमा रहेका १ हजार र ५ सय दरका पुराना भारतीय नोट नसाटिने सम्भावना देखिएको छ। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको खुलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्यस विषयमा मोदीले ठोस जवाफ दिएका छैनन्। भेटवार्तामा आफूले पुराना नोट साट्नेबारे कुरा गरे पनि मोदीले ठोस जवाफ नदिएको ओलीले आइतबार संसद्‌लाई जानकारी गराएका छन्। ओलीको भनाइ त्यस्ता नोट सतिने भन्दा पनि नसाटिने बिषयमा मोदीले जोड दिएकोमा केन्द्रित थियो।

डेढ वर्षअघि भारतले पुराना १ हजार र ५ सय दरका नोट सञ्चालनमा प्रतिवन्ध लगाएको थियो। भारतमा रहेका त्यस्ता नोट साटिए पनि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन्। नेपालले पटक-पटक नोट साट्न आग्रह गरे पनि भारतले त्यसमा चासो दिएको छैन।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...