चार वर्ष अघिको मोदीको बाचा , पशुपतिमा २५ करोड सहयोग घोषणा अझै पूरा भएन



हाम्रो इकोनोमि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने भएका छन् । मुक्तिनाथबाट शनिबार बिहान साढे दश बजे प्रधानमन्त्री मोदी पशुपतिनाथ आउने कार्यक्रम छ ।

मोदीले पशुपतिनाथमा गर्ने विशेष पूजा एवं दर्शनको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपति मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै स्वागतद्वार पनि निर्माण गरिएको छ ।

 

मोदीले २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

तर, मोदी चार वर्षको अवधिमा तेस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि उक्त सहयोग नेपालले अझैसम्म पाएको छैन । यसअघि भूकम्प पीडितलाई भारतले घोषणा गरेअनुसारको सहयोग पनि नेपालले पाएको छैन ।

‘अर्थमा अड्कियो फाइल’

पशुपति क्षेत्रविकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डनले भने नेपालकै कारण मोदीले घोषणा गरेको सहयोग रोकिएको बताए । टन्डनका अनुसार सहयोगसम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले अनुमति दिएको छैन ।

तर पवित्र पाशुपत क्षेत्रमा भारतले बनाइदिएको अत्याधुनिक धर्मशाला भने सम्पन्न हुने अन्तिम चरणमा छ । ‘नेपाल–भारत मैत्री धर्मशाला’ तीनतारे होटलस्तरको हुनेछ । सो धर्मशाला बनाउन पशुपति क्षेत्र विकास कोषले भारतीय पक्षलाई १६ रोपनी जग्गा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...