मोदीको अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति, भारतको विहारबाट पनि २५ हजार आउने



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् । काठमाडौंमा  मोदीको भ्रमणको जति चर्चा छ त्यस्तै माहोल जनकपुरमा पनि छ  ।  भोलि मोदीको स्वागत र अभिनन्दनका लागि  मधेसका जनताहरुले आजैदेखि जनकपुर जानका लागि तयार भएर बसेका छन् ।

भोलि बिहानै आआफ्नो घरबाट निस्केर सर्वसाधरण जनकपुर पुगि १० बजेभित्र बाह्रविघा मैदानमा प्रवेश गरिसक्नुपर्छ । आफ्नो साधन नहुने सर्वसाधरणको लागि प्रदेश सरकारले बसको व्यवस्था गरेको छ ।
प्रदेश सरकारले प्रत्येक जिल्लाका लागि २०–२० वटा बसको व्यवस्था गरेको छ भने अपुग हुनेका लागि त्यहाँका गाउँपालिका, नगरपालिकाले समेत व्यवस्था गर्ने भएको छ ।

मोदीको नागरिक अभिनन्दनका लागि प्रदेश नम्बर २ का  आठवटा जिल्लाबाट एकलाख भन्दा बढी जनता जनकपुरको बाह्रविघामा उतार्ने  लक्ष्य प्रदेश सरकारको रहेको छ ।

सप्तरीमा व्यवस्थापनको जिम्मेवारी पाएका प्रदेश सांसद बीक्की यादवका अनुसार यहाँ ७५ वटा बसको व्यवस्था गरिएको छ । २० वटा प्रदेश सरकारले दिएको छ । त्यसमा पाँचहजार भन्दा बढी जनता जान्छन् । त्यसबाहेक नीजि गाडी, मोटर साइकलबाट पनि जनकपुर जाने बीक्कीले जानकारी गराए ।

त्यस्तै, सिरहका ३० वटा बसको व्यवस्था गरिएको छ । बसमा अट्ने जति बसमा जान्छन् । नपुगेका लागि फेरि बसको व्यवस्था गरिन्छ । आफ्नो नीजि कार तथा गाडी हुनेले आफ्नो सुविधामा पनि जनकपुर पुग्ने कार्यक्रम रहेको सुनिता रामले जानकारी गराइन् । उनले सिरहाका लागि व्यवस्थापनका जिम्मेवारी पाएकी छन् ।

त्यस्तै धनुषामा पनि ३४ वटा बसको व्यवस्था गरिएको छ । प्रदेश सांसद रामआषिष यादवले भने, धनुषा जिल्लामै कार्यक्रम भएको हुनाले जनतालाई आउन सजिलो हुने भएको छ । धनुषाबाट मात्र २५ हजारभन्दा बढी व्यक्तिको सहभागिता हुनेछ ।’

महोत्तरीका लागि व्यवस्थापनका जिम्मेवारी पाएकी सांसद सुरिता साहले महोत्तरीबाट १० हजारभन्दा बढी जनता आउने दाबी गरिन् । महोत्तरीबाट ३० वटा बसको व्यवस्था गरिएको उनको भनाई छ । बस बाहेकका व्यक्ति आआफ्नो साधनबाट पनि जाने उनले बताइन् ।

सर्लाहीका प्रदेश सांसद संजय यादवले भने, ‘सर्लाहीबाट हामीले ६० वटा बसको व्यवस्था गरेका छौं । त्यसबाहेक सयौं साना गाडीहरु पनि छन् । १५ हजारभन्दा बढी जनता जनकपुर लग्ने हाम्रो टार्गेट रहेको छ ।’

रौतहटका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र राय यादव त्यहाँको व्यवस्थापनमा जुटेका छन् । उनी भन्छन्, ५० वटा बस छन् भने २०० भन्दा बढी बोलोरो गाडी छन् त्यसपछि मोटर साइकल र साना गाडीहरु रहेका छन् । १५ हजारभन्दा बढी जनता जनकपुर उतार्ने तयारी भइरहेको उनले बताए ।
बाराबाट पनि १० हजार जनता जनकपुर उतार्ने तयारी भइरहेको छ । त्यहाँका लागि प्रदेश सरकारले २० वटा बसको व्यवस्था गरेको छ । गाडी अपुग भयो भने त्यसमा त्यहाँ स्थानीय सरकारले व्यवस्था गर्ने बताइएको छ । त्यहाँको व्यवस्थापनको जिम्मेरवारी सांसद पारस साहलाई दिइएको छ ।

पर्साबाट प्रतिनिधिसभाका सांसद प्रदीप यादवले १०० बस जनकपुर लग्ने  छन् । सांसद यादवले भने, ‘बस बाहेक कार, जीपर मोटरसाइकलको पनि व्यवस्था रहेको छ । २० हजारभन्दा बढी जनता पर्साबाट जनकपुर जान्छन् ।’

यी आठवटा जिल्लाबाट जनकपुर जाने एक लाख बढी हुने दाबी गरिएको छ । त्यसबाहेक विभिन्न धार्मिक संगठनहरुले पनि आआफ्नो तर्फबाट अभिनन्दन कार्यक्रममा जनतालाई लैजाने तयारी गरिरहेका छन् । त्यसमा हनुमान आराधाना मण्डल नेपाल, हिन्दु स्वयं सेवक, वजरंग दल, गायत्री नेपाल, ओम शान्तीलगायतका संघ संगठनहरु तयारीमा लागेका छन् । भारतको विहार हुँदै मोदी जनकपुर आउने भएका कारण त्यताबाट पनि २० हजारदेखि २५ हजार जनता आउने आयोजकले अनुमान गरेको छ ।  यतिको सँख्यामा जनता आएपनि त्यसका लागि प्राथमिक उपचार, खानेपानी, दिशा पिसाबलगायतका व्यवस्थापनमा कमि देखिएको छ ।

बाह्रविघामा भिआपीहरुलाई पूर्वीगेटबाट प्रवेश गराइने छ भने सर्वसाधारणलाई उत्तरतिरबाट प्रवेश गराइनेछ । उत्तरी गेटबाट प्रधानमन्त्री मोदीलाई प्रवेश गराउने तयारी भइरहेको छ ।
बाहिरबाट आउने बस तथा अन्य गाडीहरुका लागि मुजेलिया कवर्ड हल, बाबन विघा, कपलेश्वर बस पार्क, हनुमान नगर बजार, जिरोमाइल बस पार्क र बालुवाटोलमा पार्किङको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन