प्रचण्डले ओलीलाई भने-जे पायो त्यो ट्वीट गर्ने मेरो चित्त दुख्यो,ओलीले जवाफ दिए-सरी…माइन्ड नगर्नुस् ल



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टिकरण दिएका छन्।

बुधबार विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न गरेपछि ओलीले आफ्नो सचिवालयमा कार्यरतहरुले आफ्नो कुरै नबुझी त्यस्तो ट्वीट गरिदिएको जवाफ दिएका हुन्।

कुराकानीको सुरुमै प्रचण्डले ट्वीटमार्फत् ओलीले आफूलाई सत्तासमीकरण फेरबदलमा बानी परेको भनेर आरोपित गर्न खोजेको भन्दै आक्रोस पोखेका थिए।

ओलीले राष्ट्रिय सुरक्षा परिषदको १७ औं बार्षिकोत्सबमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गर्नुपर्नेमा संसदीय दलमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गरिएको बताएका थिए।

‘मेरो भनाई बिखण्डनवादीहरुप्रति लक्ष्यित थियो, तर सचिवालयका साथीहरुले त्यस्तो ट्वीट गरिदिनु भएछ’ ओलीको जवाफ थियो, ‘त्यो कुरा मैले पछिमात्र थाहा पाएँ।’

‘सचिवालयका साथीहरुको गल्तीले त्यस्तो हुन गएको’ भन्दै ओलीले क्षमायाचनाका साथ यो कुरालाई मनमा नराख्न आग्रह गरेका थिए।
विहान साढे ९ बजेदेखि भएको एकान्त वार्तामा प्रचण्डले चुनाव सम्पन्न भएयता ओलीको तर्फबाट भएका गल्तीबारे गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...