श्रीमति अर्कै सँग सल्केको भन्दै मध्यराति श्रीमतीको घाँटीमा रडले छेडेर हत्या गर्ने श्रीमान कोचिए खोरमा



हाम्रो इकोनोमि

आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महासाखाले बर्दिया गोला गाविस २ घर भएका दर्न बहादुर क्षेत्रीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको हो ।

क्षेत्रीले आफ्नी श्रीमती रेशमकला रोकायलाई रडले प्रहार गरी हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा थाहा भए अनुसार उनले आफ्नी श्रीमती अर्को पुरुषसँग लागेको भन्दै मध्यरातमा श्रीमतीलाई सुतिरहेको बेला रड प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार मृतक रोकाय र क्षेत्रीविच ११ वर्षअघि प्रेम विवाह भएको थियो । गत वैशाख १५ गते उनले मध्यरातको ३ बजे सुतिरहेकी आफ्नी श्रीमतीमाथि रड प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरेपछि उनी फरार रहेका थिए । उनलाई महासाखाको टोलीले आज पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...