सगरमाथाको फेदीमा श्रीएयरको हेलीकप्टर दुर्घटना,यस्तो छ घटनाको पछिल्लो अपडेट



हाम्रो इकोनोमि

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबाुर विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर स्याङबोचे गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो।

हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । हेलीकप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दीप राईले जानकारी दिए।

दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ।

यता जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले सामान्य क्षति भएको जनाएको छ । प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले दुर्घटनाबारे बुझिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...