मोदी नआउँदै जनकपुरमा बनाइएको स्वागतद्वार ढल्यो, मोदीका लागि ४१ सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी काठमाडौँमा



धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्‍याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ

मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालिदिएका हुन् । मिहिनेतपूर्वक राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो । हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।

यसैबीच, हावाहुरीले महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएकाे छ ।

मोदीका लागि ४१ सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी काठमाडौँमा,हतियार पनि भरतबाटै

दुईदिने नेपाल भ्रमणमा शुक्रबार आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि दुई वटा गाडी भारतबाट काठमाडौं ल्याइएको छ। एउटा रेन्जरोभर र अर्काे बिएमडब्लु गाडी मंगलबार विशेष विमानमार्फत काठमाडौं ल्याइएको हो। दुवै गाडी बुलेटप्रुफ हुन्। एउटा गाडी जनकपुर पठाउने तयारी छ भने अर्काे गाडी मोदीले काठमाडौंमा प्रयोग गर्नेछन्। जनकपुरमा मन्दिरदेखि बाह्रबिघासम्म मोदी सोही गाडीमा जानेछन्। बाह्रबिघामा उनको नागरिक अभिनन्दनको तयारी भइरहेको छ।

गाडीसहित ४१ जना सुरक्षाकर्मी पनि काठमाडौं आएका छन्। त्यस्तै, सोही विमानमार्फत विमान चालकसहित १७ जनाको टोली पनि काठमाडौं आएको छ। आइएल ७६ एमबी विमानबाट सुरक्षाका लागि आवश्यक सञ्चारसामग्रीहरु समेत ल्याइएको सुरक्षा स्रोतले जनाएको छ। मोदी हेलिकप्टरमार्फत शुक्रबार पटनाबाट जनकपुर आउनेछन्। जनकपुरबाट मुक्तिनाथ गई हेलिकप्टरबाटै काठमाडौं आउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु