मोदी सिंहदरबार नआउने, प्रधानमन्त्री ओली द्वारिकाज होटलमै जाने !



नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार प्रवेश नगर्ने भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच तारे होटलमा भेटवार्ता हुनेछ, जसलाई परराष्ट्र मामिलाका जानकारहरुले ‘लाजमर्दो’ भनेका छन् ।भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट जनकपुर अवतरण गर्ने उनी दिउँसो काठमाडौं आउनेछन् ।

मोदी बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बस्नेछन् । राजनीतिक भेटवार्ताहरु भने द्वारिकाज होटलमा हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि भारतीय समकक्षीलाई भेट्न द्वारिकाज नै जानेछन् । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सोही होटलमा तय गरिएको छ ।

मोदीलाई सिंहदरबारको साटो होटलमा भेट्नुको कारण के हो ? यो प्रश्नमा सरकारी अधिकारीहरु सिंहदरबारमा ठाउँ अभाव हुने बताउँछन् । एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘भूकम्पले सिंहदरबारको मूल भवन क्षतिग्रस्त छ । मोदी पनि धेरै नै व्यस्त छन् । र, बाटोघाटो पनि खाल्डाखुल्डी छ ।’

काठमाडौंमा ज्ञवालीको स्वागत

भारतीय प्रधानमन्त्री मोदी २८ गते विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् ।मोदी र प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा छ मिनेट पूजाआजा पूजा गर्नेछन् । लगतै जनकपुरलाई रामायण सर्किट अन्तगर्त जनकपुर अयोध्या बस सेवाको उद्घाटन गर्नेछन् ।

लगतै ओेली काठमाडौं आउनेछन् भने मोदीको झण्डै एक घन्टा नागरिक अभिनन्दन हुनेछ । बाह्रविघामा हुने नागरिक अभिनन्दन समारोहमा उनले सम्बोधन गर्नेछन् ।

भारतीय मोदी दिउँसो काठमाडौं आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ । लगतै उनी हायात होटल जानेछ ।मोदीको पहिलो भेट उपराष्ट्रपतिसँग हुनेछ । लगतै राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगतै हालत होटल गएर खाना खानेछन् ।

खानापछि मोदी होटल द्वारिकाजमा जानेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेटवार्ता हुनेछ । साँझ मोदीको सम्मानमा प्रधानमन्त्री ओलीले रात्रीभोजको आयोजना गर्नेछन् ।मोदी २९ गते विहानै मुत्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथबाट फर्किएपछि राजनीतिक दलका नेताहरुलाई भेट्नेछन् र अपराहृन ४ बजे भारत फर्कनेछन् ।

नारायणकाजीको प्रश्नः बिराटनगरको फिल्ड अफिस हटाउनुपर्दैन ?

प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबारे सोमबार नै परराष्ट्र मामिलाका जानकारहरुसँग परामर्श गरेका थिए । यो छलफलमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल पनि थिए ।बैठकमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले बिराटनगरको फिल्ड अफिस हटाउन लगाउन माग गरेका छन् । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा यो कार्यालय हटाउन पत्र लेखेका थिए । तर, भारतले अहिलेसम्म अटेर गर्दै आएको छ ।

उनले भारतले सीमा क्षेत्रमा सडकका नाममा बाँध बनाएको भन्दै मोदीसँगको भेटमा यो मुद्दा उठाउन पनि आग्रह गरे । उनले सीमा समस्या, नेपालसँग भएको (पावर ट्रेड एग्रि मेन्ट) पीटीए विरित जारी निर्देशिका संशोधनका विषयमा आफ्ना कुरा प्रष्टसँग राख्न आग्रह गरेको एक सहभागीले बताए ।

साना परियोजनामा सोझै लगानी गर्न दिन्नँ

श्रेष्ठका साथै पूर्वमन्त्री भीम रावलले पनि भारतीय दूताबासले साना परियोजनामा सोझै लगानी दिने सम्झौता नवीकरण नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।एक सहभागीका अनुसार प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा मोदीसँग भएको वान टु वान वार्तामा बिराटनगर फिल्ड अफिसको मुद्दा उठाएको बताएका छन् । उनले साना परियोजनामा सोझै लगानी गर्ने सम्झौता कुनै हालतमा नवीकरण नगर्ने प्रष्ट परेका छन् ।

के छ नेपालको एजेण्डा ?

मोदीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच महत्वपूर्ण कुनै सम्झौता नहुने देखिएको छ । स्रोतका अनुसार कृषि अनुसन्धानसम्वन्धी साझेदारी हुनेछ भने अरुण तेस्रो काठमाडौंबाटै स्वीच थिचेर शिलान्यास गर्ने कार्यक्रम छ ।अनलाईनखबर

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन