राणाका ज्वाईले कांग्रेसमा राणा शासन लगाएको भन्दै देउवालाई काँजो लगाउने पौडेल पक्षको यस्तो तयारी



हाम्रो इकोनोमि

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो । ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।’

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो ।

पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री कोइरालाले भने बैठकमा सहभागी भएरै समर्थन जनाएका थिए । ‘संसदीय दलको निर्वाचनमा प्रकाशमानलाई मत दिएको भनेपछि हामी विश्वासमा थियौं तर पदाधिकारी बैठकमा सबैले देख्ने गरी समर्थन गरेपछि महामन्त्रीको भूमिकालाई अब कसरी लिने ?’ बैठकमा सहभागी एक नेताले प्रश्न गरे, ‘महामन्त्री सभापतिकै पक्षमा उभिने हो भने हामी त्यही ढंगले अघि बढ्नुपर्छ ।’ बैठकमा सहभागी नेता केसीले सभापति देउवाको कार्यशैली विधान र सहमतिविपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...