गृहमन्त्रीमाथी गोली प्रहार



हाम्रो इकोनोमि

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनले अहिले खतरामुक्त रहेको बताएका छन् ।

‘गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

इकबाल खतरामुक्त हुनुहुन्छ,’ उनले भने । प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको बताएका छन् ।

यसैबीच प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले निर्वाचन विदेशी शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ भनी प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताएपछि भएको हो ।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...