गृहमन्त्रीमाथी गोली प्रहार



हाम्रो इकोनोमि

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनले अहिले खतरामुक्त रहेको बताएका छन् ।

‘गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

इकबाल खतरामुक्त हुनुहुन्छ,’ उनले भने । प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको बताएका छन् ।

यसैबीच प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले निर्वाचन विदेशी शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ भनी प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताएपछि भएको हो ।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...