सडकमै देउवालाई सुताउने रणनीति बनाउदै प्रकाशमानको घरमा यसरी कुर्लिए कांग्रेसी



हाम्रो इकोनोमि

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका नेताहरुलाई पदाधिकारी चयन गरेपछि रुष्ट बनेको रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्।

चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेता सिंह, पौडेल, नवीन्द्रराज जोशी र अर्जुननरसिंह केसीको बैठक केहीबेर अघि सुरु भएको छ।

गत महाधिवेशनमा देउवा पक्षबाट चुनावी प्रतिस्पर्धा गरेका केसीले पछिल्लो समय देउवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्।

देउवाले पेल्दै गएकाले आगामी दिनमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति तय गर्न बैठक बसेको हुनसक्ने पौडेल पक्षका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...