अब आइन्दा हड्ताल गर्दिन भनेर सात पुस्ते सहित कागज गरेर यसरी छुटे सिन्डिकेटका ठेकेदार



हाम्रो इकोनोमि

अत्यावश्यक सेवामा हड्ताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् । अब हडताल नगर्ने शर्तमा पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायी रिहा भएका हुन् ।

सरकारले ल्याएको निर्देशिका विरुद्ध सवारी साधन अवरोध गरेर आन्दोलनमा उत्रिएका देशभरबाट करिक ७० भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका थिए । उनीहरुलाई सकारले आज रिहा गर्न लागेको हो ।

सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेर रिहा गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएको प्रवक्ता नेउपानेले जानकारी दिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको उनले बताए । कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता नेउपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...