अब आइन्दा हड्ताल गर्दिन भनेर सात पुस्ते सहित कागज गरेर यसरी छुटे सिन्डिकेटका ठेकेदार



हाम्रो इकोनोमि

अत्यावश्यक सेवामा हड्ताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् । अब हडताल नगर्ने शर्तमा पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायी रिहा भएका हुन् ।

सरकारले ल्याएको निर्देशिका विरुद्ध सवारी साधन अवरोध गरेर आन्दोलनमा उत्रिएका देशभरबाट करिक ७० भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका थिए । उनीहरुलाई सकारले आज रिहा गर्न लागेको हो ।

सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेर रिहा गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएको प्रवक्ता नेउपानेले जानकारी दिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको उनले बताए । कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता नेउपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...