पदाधिकारी चयनप्रति आपत्ति जनाउदै सिटौलाले भने-अब देउवालाई सिलौटामा राखेर पिसिन्छ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले गरेको रिक्त पदाधिकारीको चयनप्रति असन्तुष्टि जनाएका छन्।

निर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बहुमतबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई चयन गरेपछि नेता सिटौलाले सभापति शेरबहादुर देउवाले सबै पदाधिकारीलाई विश्वासमा लिएर निर्णय गर्न नसकेको बताएका हुन्।

‘आजको परिस्थितिमा पार्टीका सबै साथीहरुलार्इ मिलाएर लैजानुपर्नेमा सभापतिजीले जसरी हतारिएर निर्णय गराउनु भयाे त्यो ठीक छैन,’ कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता सिटौलाले भने, ‘यसले पार्टीलार्इ दूरगामी असर गर्छ। सभापतिले कम्तिमा निर्वाचित सबै पदाधिकारीलार्इ विश्वासमा लिएर निर्णय गर्न सकेको भए राम्रो हुन्थ्यो।’ अब देउवालाई सबक सिकाउने उनको भनाइ थियो।

सभापति देउवाले सहमतिबिनै आफ्नो पक्षका नेतालाई मात्र पदाधिकारीमा चयन गरेकोमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केही नेताले बैठक बहिस्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...