पौडेल समुहलाई पेलेर देउवाले पदाधिकारी चयन गरे,पेलिए पछि रामचन्द्रले देउवालाई यसरी आखाँ तरे



हाम्रो इकोनोमि

नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो।

पदाधिकारी चयन हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने असन्तुष्ट छ। बैठकमा रामचन्द्र पौडेल पक्षधरले भने सहभागिता थिएन। सहभागी सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिएको हो। ‘एउटा राजनीतिक दलमा कुनै निर्णय सर्वसम्मत रुपमा र कहिले बहुमतबाट निर्णय हुन्छ’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ।’

‘महाधिवेशन भएको दुई वर्षसम्म पदाधिकारी चयन नहुँदा उत्पन्न भएका सबै प्रश्न आजदेखि अन्त्य भएको छ। आजदेखि नै नयाँ पदाधिकारीले काम सुरु गर्नुहुनेछ’, शर्माले भने।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...