प्रचण्डले पार्टी एकता नगरे नेपालै नरहने यस्तो डरलाग्दो खुराफात सुनाए



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता नभए देश गम्भीर राजनीतिक भुँवरीमा पर्ने खतरा औंल्याएका छन्।

कार्ल मार्क्स जन्म दुई शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता ढिलो गर्न नहुने बताए।
समाजवादको आधार तयार गर्न अब कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो। पार्टी एकीकरणको प्रसंग उल्लेख गर्दा उनले एउटा गम्भीर प्रसंग उठाए। अध्यक्ष दाहालले एकजना पश्चिमा विद्वानको भनाइ स्मरण गर्दै पार्टी एकीकरण ढिलाई गरे देशको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरे।

‘अब ढिलो गर्याे भने म के देख्छु भने विगत ७० वर्षदेखि नेपाल अराजकताको भूँवरीमा पर्याे फेरि त्यही भुँवरीमा पर्ने खतरा छ’, उनले भने, ‘एकजना विद्वानले नेपालको अस्तित्व समाप्त हुन्छ भनेका थिए। नेपालको अस्तित्व नै राज्य नै विलोप हुन हुनसक्ने खतरातिर छ है भनेका थिए।’

ती विद्वान को हुन् र उनले कुन प्रसंगमा त्याे उल्लेख गरेका हुन् भन्ने खुलाएनन्। नेपाल राज्यलाई लोप हुन नदिन कम्युनिस्ट एकता हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...