नयाँ मोर्चाबन्दीको तयारीमा प्रचण्ड, किन भेटे एकाबिहानै भट्टराई र यादवसँग, यस्तो सहमति भयो गोप्य वार्तामा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच नयाँ मोर्चा बनाउने गृहकार्य सुरु भएको छ ।मोर्चा बनाउने विषयमा प्रचण्ड, भट्टराई र यादवबिच भेटवार्ता भएको हो । शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए .एमालेसँग पार्टी एकताको प्रयास गरिरहेका प्रचण्डले यदी एकता हुन नसक्ने अवस्था आयो भने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न भट्टराई र यादवलाई बोलाएको बुझिएको छ ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको आशंका छ ।एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।एकता भएन भने नयाँ मोर्चाबन्दी बनाउने वा राजनीतिक समिकरण बदल्ने मनसायमा प्रचण्ड रहेको कतिपयको आशंका छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...