ओली र प्रचण्ड रातभरी जाग्राम बसेर भए पनि पार्टी एकता गर्ने मिती तोक्न भन्दै पलेटी मारेरै बसे छलफलमा



हाम्रो इकोनोमि

पार्टी एकीकरणलाई औपचाकिरता दिने कसरत स्वरुप प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि छलफलमा जुटेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा साढे तीन बजेदेखि ओली र दाहाल छलफलमा व्यस्त छन्।

बिहीबार बिहान एकीकरणलाई लिएर छलफल गर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेपनि ओली व्यस्त बनेपछि दाहालले झण्डै एक कुरेका थिए।

त्यसपछि छोटो छलफल मात्रै उनीहरुबीच भएको थियो र दिउँसो भेट गर्ने भन्दै उनीहरु छुट्टिएका थिए।

स्रोतका अनुसार त्यसअघि माओवादी अध्यक्ष दाहालले नेकपा एमालेका नेता माधव कुमार नेपालसँग करिब आधा घण्टा भेटेका थिए।

‘ओली र दाहालबीचको आजको छलफलले केही न केही निर्णय गर्ने सम्भावना छ। किनकी उनीहरुलाई पार्टी एकीकरणको चर्को दवाव छ’, स्रोतले भन्यो।

पार्टी एकीकरणलाई औपचारिकता दिन ओली र दाहालबीच पटकपटक ‘वान अन वान’ वार्ता भएपनि त्यसले निष्कर्षको रुप पाउन सकेको छैन।

स्रोतका अनुसार ओली र दाहालबीच बाहिर एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारी, पार्टीको चिन्ह, जनयुद्ध लगायतमा समझदारी कायम हुन नसकेको बताइएपनि एकीकृत पार्टीको महाधिवेशनपछि कार्यकारी अध्यक्ष को बन्ने भन्नेमै विवाद कायमै छ ।

त्यसैकारण उनीहरु पटकपटक छलफलमा जुटेपनि सहमति गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...