बार्गेनिङ्ग गरेर हत्तु पारेको भन्दै ओलीले प्रचण्डलाई पौने एक घण्टा कुराए,प्रचण्डले रन्किदै दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

पार्टी एकीकरणमा समझदारीका लागि छलफल गर्न भन्दै बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५ मिनेटसम्म कुरेका छन्।

स्रोतका अनुसार लामो पर्खाईपछि दाहालले पार्टी एकीकरणलाई लिएर ओलीसँग छलफल अघि बढाएपनि त्यसले कुनै निष्कर्षको रुप लिन भने सकेन।

ओली र दाहालले पौने एक घण्टासम्म छलफल गरेका थिए। एकीकरणमा गाँठो परेका विषयवस्तुमा समझदारी गर्न नसकेपछि फेरि दिउँसो तीन बजे भेट्ने गरी उनीहरु छुट्टिएका छन्। उनीहरुको बिहीबारको दोस्रो छलफल बालुवाटारमै हुने भएको छ।

पार्टी एकीकरण गर्नुपर्ने चर्को दबाब खेप्दै आएका ओली र दाहालबीच समझदारी हुन नसक्दा एकीकरणको मिति लम्बिनुका साथै वाम गठबन्धनका नेता तथा कार्यकर्तामा आशंका उब्जिएको छ।

एकीकरणका लागि आआफ्नै अडान प्रस्तुत गर्दै आएका ओली र दाहालले पार्टी एकीकरणलाई औपचारिकता दिने भनिएको मिति यही बैशाख ९ गते एकीकरण छिट्टै हुने बताएका थिए।

ओली सरकारी तथा पार्टीका कार्यक्रममा व्यस्त रहँदा दाहालले बुधबार एकीकरण प्रक्रिया निष्कर्षमा ग्नै लागेको भन्दै आफ्ना नेतालाई ‘ब्रिफिङ’ गरेका थिए।

दाहालले आगामी २२ गते शनिबार मार्क्सको जन्मदिन पारेर पार्टी एकीकरणको मिती तय गर्ने समझदारी ओलीसँग भइसकेको समेत बताएका थिए। ओलीले प्रचण्डले बार्गेनिंग गरेको र पनि पार्टी एकता गर्नै पर्ने बाध्यता भएको बताएका थिए।

ओली र दाहालबीच एकीकृत पार्टीको हिस्यदारी विवादले पार्टी एकीकरणप्रक्रियाले गति लिन सकेको छैन। त्यो सँगै जनयुद्ध, पार्टी चिन्ह लगायत विषयमा पनि ओली र दाहालबीच समझदारी बन्न सकेको छैन, अन्य सैद्धान्तिक विषयमा कार्यदलहरुले बुझाएका प्रतिवेदन अनुसार दुई पार्टीबीच समझदारी भएपनि ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...