जेठमा फिल्म रिलिजको अन्यौल



हाम्रो इकोनोमि

वैशाखको अन्तिम हप्तासम्म रिलिज हुन लागेका चलचित्रका निर्माताले त प्रचारलाई अगाडि बढाइरहेका छन् । तर, जेठमा रिलिज हुन लागेका चलचित्रका निर्माता भने अन्यौलमा देखिएका छन् ।

जेठ २ गतेबाट चलचित्र निर्माता संघले कुनै पनि चलचित्र रिलिज नगर्ने भन्दै आन्दोलनको मनसाय बनाएपछि अहिले केही चलचित्रहरु अप्ठ्यारो अवस्थामा परेका छन् ।

चलचित्र निर्माता संघले शेयर बाँडफाँडको बिषयलाई लिएर बार्तासँगै आन्दोलनको कार्यक्रम पनि अगाडि बढाइरहेको छ । जेठ १ गतेसम्म चलचित्र संघले मागको सुनुवाई नगरेको खण्डमा जेठ २ गतेबाट चलचित्र प्रदर्शन रोक्ने उनीहरुको अडान छ ।

जसले गर्दा जेठमा चलचित्र रिलिज के हुन्छ भन्ने अन्यौल देखिएको छ । जेठमा रिलिज हुन लागेका चलचित्रका निर्माताले न त खुलेरै प्रचार गर्न सकेका छन् न त चुप लागेर नै बस्न सकेका छन् । जेठ ४ गतेबाट रिलिज हुने चलचित्र ‘हैरान’को निर्माणपक्ष प्रचारको दौडमा छ । जेठ ११ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘ब्ल्याक’को प्रचार स्पिड पनि सुस्ताएको छ ।

जेठ १८ मा चल्ने भनिएका चलचित्र ‘भैरे र बेबी आइ लभ यू’को निर्माण यूनिट पनि प्रचारमा जाने कि के गर्ने भन्ने दोसाधमा देखिएका छन् ।
यसरि, हेर्दा जेठमा चलचित्र रिलिजका लागि प्रदर्शन तोकेर प्रचार सुरु गरिसकेका चलचित्रका निर्मातामा अन्यौलता देखिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्-‘आन्दोलन भएपनि, नभएपनि हामी जेठमा प्रदर्शन तोकिएका चलचित्रको रिलिजलाई प्राथमिकता दिन्छौ । अन्य चलचित्र भन्दा अगाडि यी चलचित्र रिलिज हुनेछन् । यसमा सबै निर्माताहरु पनि सहमत हुनुहुन्छ ।’
चलचित्र निर्माता संघ र चलचित्र संघविच बार्ता सुरु भएको छैन । तर, भित्र भित्र गृहकार्य भैरहेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...