यसो गरे मोदीलाई कालोमोसो र जुत्ताको माला लगाउने भन्दै गजुरेलले प्रचण्डलाई समेत बाँकी नराख्ने भने पछी…..



हाम्रो इकोनोमि

बैद्यले नेतृत्व गरेको पार्टी नेपका (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न दिन नहुने र उनलाई कालोमसो दलेर स्वाभीमानी नेपालीहरुले लखेट्नुपर्ने बताएका छन् ।

ओली र प्रचण्डको राष्ट्रघाती चरित्रको चर्चा गर्दै अध्यक्ष गजुरेलले विगतका सबै राष्ट्रघाती सन्धिसम्झौताहरु अक्षरशः कार्यान्वयन गर्ने बाचा गरेर दिल्लीबाट फर्केका ओलीले मोदीको हातबाट अरुण तेस्रोको शिलान्यास गराउन खोजेर गम्भीर राष्ट्रघात गरेको टिप्पणी गरे ।

पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आयोजना गरेको १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवससम्बन्धी सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्ताे बताएका हुन् ।
उनले रुस र चीनले महेन्द्रको पालामा स्थापना गरिदिएका राज्यको स्वामित्वमा रहेका उद्योगधन्दा, कलकारखानाहरु दलाल शासकहरुले गुन्द्रुकको मूल्यमा भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई बेचेर खाएको आरोप लगाए ।

गजुरेलले उद्योगधन्दा बेचेपछि अब नागरिकलाई विदेशमा बेचेर रेमिट्यान्सबाट देश चलाउन थालेका दलाल शासकहरुले भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई खुशी पार्न ‘नो वर्क नो पे’लगायत मजदुर विरोधी कानुन बनाएको दावी गरे ।

कम्युनिष्ट वा वामको नाममा वास्तविक कम्युनिष्ट क्रान्तिकारी शक्तिलाई सिध्याउन एमाले र माकेहरुलाई प्रतिक्रियावादी वर्गले प्रयोग गरिरहेको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले संशोधनवादी र अवसरवादीहरु जति चाँडो मिल्छन्, त्यति नै क्रान्तिकारीहरुका लागि राम्रो हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...