कोइराला भन्छन-गुटबन्दी छोडेर एकजुट हुन जरुरी



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शशांक कोइरालाले गुटबन्दी छोडेर एक भई अगाडी बढ्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाको थकनी ओख्रेनीचौरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसी सबै एक हुनुपर्ने सन्देश दिनुभएको छ ।

‘नमिठो हार व्यहोरिसकेका छौ, अब खारिएर एकमतमा अगाडी लाग्न जरुरी छ ,’उहाले सबैलाई संकेत गर्दै भन्नुभयो । गएको शुक्रवारबाट ओखरेनी चौरको मध्य जंगलक्षेत्रमा गरिएको प्रशिक्षण कार्यक्रमको समापन गर्न पुगेका महामन्त्री कोइरालाले स्थानीयलाई कांग्रेसले गरेको विकासक्रम बारे सम्झाउनुभयो ।

उहाले पीता जीले ल्याउनुभएको समाजवादलाई अन्य देशले अपनाइरहेको र यसलाई मापन गर्नुपर्ने सुनाउनुभयो । आकाशमा उडिरहेको चरा एक भएर हावाको वेग विद्युतलाई छेदन गरेको उदाहरण दिएर उहाको एकताको सन्देश दिनुभयो ।
कांग्रेसका पूर्व सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस सरकारमा नरहेपनि विकास गर्न अगाडी रहेको बताउनुभयो । ‘प्रशिक्षणले नय“ा सन्देश र तंरग ल्याएको छ ,यह“ाको युवावर्गले यसलाई सदुपयोग गरेका छन्,’उहाले भन्नुभयो । यस्तो प्रशिक्षणलाई देशभर नै व्यापक बनाएर लैजाने योजना रहेको छ ।

कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, गुरु घिमिरे , राष्ट्रिय सभा सदस्य बद्रि पाण्डे, प्रदेश सभा सदस्य जिवन परियार र काभ्रेका सभापति मधु आचार्यलगायतले प्रशिक्षण दिएका हुन् । साबिक क्षेत्र न ३ का २४ गाविसका ८६ जना प्रतिनिधिलाई प्रशिक्षण दिइएको थकनीका कांग्रेस इकाइ सभापति कृष्णबहादुर तामाङ समिरले जानकारी दिनुभयो ।  

रामचन्द्र दुलाल 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...