सिभिल बैंकले नक्कली लालपुुर्जा बनाएर यसरी बेच्यो १०७ कठ्ठा जग्गा,यस्तो छ किर्ते धन्धाको कहानी



हाम्रो इकोनोमि

सिभिल बैंकले नक्कली लालपुुर्जा बनाएर चितवनको एक सय सात कठ्ठा जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौ रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर बिक्री गरेको हो ।

बैंक उच्च श्रोतका अनुसार तत्कालीन समयमा नेकोन एयरका सञ्चालक समेत रहेका मृगेन्द्र राज जोशीले चितवनको एक सय सात कठ्ठा जग्गा धितो राखेर सिभिल बैंकबाट कर्जा लिएका थिए । व्यवसाय बिस्तार तथा सञ्चालनको लागि भनेर कर्जा लिएको भएपनि जोशीको व्यापार व्यवसाय फस्टाएन ।

सो पश्चात जोशीले सिभिल बैंकबाट लिएको करोडौ रुपैयाँ कर्जाको सावाँ व्याज चुक्ता गर्न सकेनन् । सोही आधारमा ऋणी जोसीलाई सिभिल बैंक आग्रहमा कर्जा सुचना केन्द्रले कालोसुचीमा राख्यो । सोही बिचमा सिभिल बैंक कै पुुर्ण चन्द्र प्रधान थरका एक ऋणी र गुण्डा समेतको मिलेमतोमा जोशीलाई अपहरण कै शैलीमा लाने काम भयो ।

उनीहरुबाट जोशीको नाउँमा रहेको ऋण प्रधानको नाउँमा स्थानान्तरण गरेर पैसा लिने काम भयो । जोशीलाई कर्जा सुचना केन्द्रले कालोसुचीमा राखेको हुंदा उनलाई बैंकले थप पैसा दिन नमिल्ने भन्दै जोशीको नाउँमा रहेको ऋण तथा धितो प्रधानको नाउँमा स्थानान्तरण भयो ।

त्यस वापत बैंकका प्रमुख कार्यकारी मर्हजन, अध्यक्ष तामाङ, गुरुङ लगायतका व्यक्तिहरुबाट लाखौ रुपैयाँ खाने काम भयो । यसमा पनि उक्त घटनामा जुन व्यक्ति डनकोरुपमा प्रस्तुुत भएका थिए उसले मात्र २५ लाख रुपैयाँ लिने काम भयो ।

बाँकी रकम भने बैकका अध्यक्ष, प्रमुुख कार्यकारी र कर्जा प्रमुुखहरुले मिलेर खाएका थिए । सो पश्चात जुन व्यक्तिको नाउँमा कर्जा स्थानान्तरण गरिएको थियो । त्यो व्यक्तिले पनि कर्जा चुक्ता गरेको छैन । यही बिचमा ऋणी जोशीको भने झण्डै डेड बर्षअघि मृत्युु भईसकेको छ ।

हाल अर्काको सम्पती जर्र्वजस्ती आफ्नो बनाएर लाखौ रुपैयाँ खाने व्यक्तिहरु अहिले पनि बैंकको उच्च पदमा रहेका छन् भने प्रधान थरका ऋणी पनि अझै कालोसुचीमा नै रहेका छन् ।

श्रोतका अनुसार प्रधान सिभिल बैंक कै छत्रछायामा हुृिर्कएका घरजग्गा व्यवसायी हुुन । जोसीको सिभिल बैंकमा रहेको कर्जा सकार गरेर चितवनमा रहेको जग्गा खरिद गर्ने व्यक्ति पनि तिनै प्रधान नै हुुन । प्रधानले जोसीसंग उक्त जगा खरिद गरेको भएपनि हालसम्म रकम दिएका छन् ।

पटक पटक गरी पाँच, दश लाख रुपैयाँ गरी उनले रकम दिदैं आएकाछन । आफुलाई ठुलो जग्गा व्यवसायी बताउने प्रधानको उपत्यका र केही ठाउँमा हाउजिङ कम्पनी रहेको छ । तर त्यो सबै प्रधानले सिभिल बैंकबाट कर्जा लिएर गरेका छन् ।

प्रधानलाई सिभिल कै उच्च व्यवस्थापनको संरक्षण रहको आधारधामा प्रधानले सो बैकबाट मात्र २५ करोड रुपैयाँ भन्दा बढी रकम कर्जा लिएसकेका छन् । तर उनले कुनै त्यो कर्जाबापत बैकलाई तिर्नुुपर्ने कुनैपनि सावाँ व्याज बुुझाएका छैनन् ।

पर्दापछाडि बसेर बैंकको खराव कर्जा उठाउन समेत सहयोग गर्ने प्रधानको धेरै जसो समय सिभिल बैकको केन्द्रिय कार्यालय र त्यसकै आसपासमा रहने बैकिङ्ग खबरले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...