प्रधानमन्त्री बने पछी पहिलो पटक गृह जिल्ला पुगेका ओलीले दिनभरी यसो-यसो गरे,कांग्रेस प्रति आक्रामक



हाम्रो इकोनोमि

मंगलबार मध्यान्ह १२ बजेतिर भद्रपुर विमानस्थल ओर्लेका प्रधानमन्त्री केपी शर्मा ओली सिधै जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित प्रथम जिल्ला सभामा पुगे। ओली प्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आउँदा सभाहल निकै खचाखच थियो। त्यहाँ सम्बोधनका क्रममा उनले विकास र समृद्धिका कुरा बाहेक अन्य राजनीतिक कुरा गरेनन्।

करिब ४५ मिनेट लामो भाषणमा उनको मुखबाट राजनीतिक छेडछाडका कुरा गरेनन्। तर लखनपुरमा प्रस्ताव गरिएको ‘मदन भण्डारी रंगशाला’को नाममा नेपाली कांग्रेस लगायत विभिन्न संस्थाले किचलो निकालेको कुरा चाहीँ भन्न भ्याए।

जिल्ला समन्वय समितिको सभाहलबाट बाहिरिएका प्रम ओलीले विर्तामोड नगरपालिकाको चारपाने चोकबाट राजगढ जाने सडकको शिलान्यास गरे। त्यसपछि उनले अर्जुनधारा नगरपालिकाको लक्ष्मीपुरबाट साधुटार जाने सडकको उद्घाटन गरे।

उक्त सडकको उद्घाटन पश्चात प्रम ओलीले अर्जुनधारा नगरपालिका १ र बुद्धशान्ति गाउँपालिका २ जोड्ने विरिङ खोलामा बन्ने पुलको शिलान्यास गरे। त्यसपछि उनी पश्चिम झापाको पाडाजुँगीदेखि खजुरगाछी जोड्ने सडकको शिलान्यास गर्न पुगे। त्यसपछि अमलडाँगी समयगढ सडक शिलान्यास गर्न प्रम ओली केरखा पुगे।

विरिङ खोलामा बन्न लागेको पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासका काममा सहयात्रा गर्न प्रतिपक्षी दलहरुलाई आह्वान गरे।

उनले निरंकुशताविरुद्धको आन्दोलनबाट प्राप्त उपलब्धि आफूहरुले विकासका लागि प्राप्त गरेको हुँदा सबैलाई विना भेदभाव सहभागी गराउनेमा सबैले विश्वस्त हुन अनुरोध गरे।

एक अर्बका योजना उद्घाटन र शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापामा एक अर्ब रुपैयाँ भन्दा बढी लागतका विकास निर्माणका कामको उद्घाटन र शिलान्यास गरेका छन्।

मुलुक विकासको चरणमा प्रवेश गरेको धारणा राख्दै आएका प्रधानमन्त्री ओलीले चारपाने–राजगढ, पाढाजुँगी–खजुरगाछी, अमलडाँगी–सोलमारी सडक शिलान्यास गरेका हुन्। ती सडकको लागत ६७ करोड ९३ लाख रुपैयाँ रहेको छ। ९ करोड ८० लाख रुपैयाँमा निर्माण भएको लक्ष्मीपुर–साधुटार सडकको उद्घाटनपछि प्रधानमन्त्री ओलीले अर्जुनधारा १ सिस्ने र बुद्धशान्ति २ जयपुर जोड्ने २३ करोड ६९ लाख रुपैयाँ लागतको पूल सिलान्यास गरे।

उनले २३ करोड रुपैयाँ लागतको दमक खानेपानीको भोलि उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ। भोलि नै दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...