ओलीलाई चक्मा दिने गरी प्रचण्डले उठाए यस्तो कदम,२२ गते राजनीतिमा उल्का हुने यस्तो तयारी



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख २२ गते नै एकता हुने खुलासा गरेका छन् ।

यसको लागि आफूहरुबीच निरन्तर कुराकानी भइरहेको बताएका छन् । यद्धपी लेनिन दिवसको अवसरमा काठमाडौंमा आयोजित एमाले–माओवादी एकता संयोजन समितिको संयुक्त सम्बोधन गर्ने कार्यक्रममा उनले मिति तोकेर एकता गर्दा देशी तथा विदेशी शक्तिले भाँड्ने बताएका थिए ।

उनले एकता मिति तोकेर भन्दापनि ड्याम्मै एकता गरेर सबैलाई चकित तुल्याउने बताएका थिए ।
यसरी सम्बोधन गरेको दश दिन नबित्दै उनले कार्लमाक्र्स जन्म द्वीशतवार्षिकीको अवसरमा आगामी बैशाख २२ गते नै एकताको घोषणा गर्नेगरी छलफल भइरहेको उद्धघोष गरेका हुन ।

मजदूर दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मजदूरको हकहितका लागि आफू सँदैव लडिरहने पनि बताए । निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको समेत प्रचण्डले बताए ।

उनले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भने, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’

नेपाली जनताको आशा र भरोसा अनुसारको काम गरेर अब स्थिरता, विकास, समृद्धि र समुन्नति व्यवहारद्वारा सिद्ध गर्ने अवसर आफूहरुलाई रहेको उनको भनाई थियो ।

आफूहरुको एकता अब विश्व कम्युनिष्टहरुको सम्पत्ति भैसकेको बताए । उनले भने,‘एमाले–माओवादीबीचको एकता अब हाम्रोमात्रै होईन, विश्वकै कम्युनष्टिहरुको साझा सम्पत्ति भैसक्यो ।’

एकता गरेर अघि बढ्ने बताउँदै उनले आफूहरुलाई ईतिहाँसमा यस्तो अवसर मिलेको बताए । उनलेभ ने,‘ओलीजी, खनालजी र नेपालजी र हामी सबै लिडरहरुलई ऐतिहाँसिक अवसर जुर्यो, अब एकता गरेर विश्वलाई नै सन्देश दिन्छौं।’

उनले अघि थपे,‘हामी अब छाती चौडा गरेर भन्न सक्छौं, नेपालबाट हामी विश्वमै एउटा नयाँ सन्देश दिएर आउँदैछौं । समाजवादको एउटा नयाँ आधार दिनेगरि आएका छौं।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...