३३ किलो सुन काण्डका मतियार एसएसपी बेपत्ता बने पछी आइजीपीले खोजीका लागि गरे यस्तो सर्कुलर



हाम्रो इकोनोमि

३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा बयानको लागि खोजी गरिएका एसएसपी श्याम खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले केही दिन अगाडि बयानको लागि बोलाएको थियो। टोलीले पत्र काटे लगत्तै खत्री फरार छन्।

समितिले एसएसपी खत्री फरार भएपछि उनका गाडी चालक जवान विष्णु खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको छ। फरार रहेका एसएसपी २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए।

२०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

अदालतबाट सफाइ पाएपछि एसएसपी खत्री नियमित काममा फर्किएका थिए।

चैत ३० गते सरकारले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। टोलीले ३३ केजी सुन काण्डमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, पहिले यही केसको अनुसन्धानको नेतृत्व गरिरहेका डिएसपी प्रजित केसीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...