अध्यक्ष प्रचण्डले दिए यस्तो सनसनीपुर्ण भनाई, पार्टी एकताको बिषयमा गरे यस्तो खुलासा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ – समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन गर्नुभएको छ । संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै अध्यक्ष दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...