भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सिधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार मोदी २८ गते पटनाबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ । ‘जनकपुर आउनुहुन्छ, त्यसपछि काठमाडौं गएर मुक्तिनाथ जानु हुन्छ,’ उनले भनेका छन् ।

मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ ।भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताउनुभयो । गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गर्नुभयो । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको छ भन्नुभयो ।भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...