देउवालाई शशांकको साथ,७० वर्ष काटेका रामचन्द्रलाई शशांकले भने-‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन्।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलले चुनाब हारको जिम्मेवारी केन्द्रीय समतिले लिने भन्ने निर्णय बहुमतीय पक्रियाबाट भएको भन्ने प्रतिक्रियाको खण्डन गर्दै उत्तः निर्णय सहमतिमा भएको दावी गरे।

पौडेलले चुनाव हारको जिम्मेवारी केन्द्रीय समतिले नभइ सभापति देउवाले लिनु पर्ने अडान राख्दै आए पनि हारको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय कांग्रेस केन्द्रीय समितिमा भएको थियो। ‘यो निर्णय सर्वसम्मत रुपमा भएको हो’, उनले भने, ‘म रामचन्द्र दाईलाई उत्तेजनामा आएर नबोल्न आग्रह गर्दछु।’

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारे।

महामन्त्री कोइरालाले शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वाचित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दावी पनि गरे। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मवारी आफूको पनि भएको उनको भनाइ थियो।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि बताए। उनले वामपन्थीहरु एक भएका बेला पार्टीलाई एकतावद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि स्मरण गराए। शीर्ष नेताहरुबीचको सहमतिमै पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...