रामचन्द्रले ल्याङ्ग ल्याङ्ग गरे पछी देउवाले सारे बैठक,देउवालाई सुताउने यस्तो बन्यो योजना



हाम्रो इकोनोमि

सभापति शेरबहादुर देउवाले डाकेको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ। रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक आज बिहान ८ बजेका लागि बोलाएपछि नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए।

कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन।

‘अहिले नेपाली कांग्रेसले यत्रो ठूलो हार व्यहोरेको छ र देशमा नेपाली कांग्रेसको अवस्था ज्यादै चुनौतिपूर्ण हुन पुगेको छ’, आइतबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी पौडेले असन्तुष्टि पोखेका थिए, ‘यो घडीमा पार्टीका सबैले आफ्नोआफ्नो जिम्मेवारी लिएर पार्टीलाई अब सच्याएर जाने भन्ने धारणा अनुसार आज (आइतबार) को बैठकमा हामीले खासै विरोध र बहिस्कारको कुरालाई अवलम्बन गरेनौं। तर, बैठक सकिँदा नसकिँदै तत्कालै सभापतिले निर्वाचित सदस्यहरुको बैठक छ, पदाधिकारीको चयन हुन्छ भनेर घोषणा गर्नुभयो। हामीले तत्काल त्यसको विरोध गर्यौं।’

कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ।

कांग्रेसमा निर्वाचित सदस्य ६४ जना छन्। त्यसमा झन्डै ४० जना आफू पक्षका नेता भएको देउवा पक्षको दाबी छ। त्यसैले सभापतिले चाहेको नेता पदाधिकारीमा चयन हुने अनुमान थियो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...