शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन, ९ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेन



हाम्रो इकोनोमि

शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन भएपछि  विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन । महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी छ ।तर, निर्धारित समयको ८ घन्टा वित्दा पनि केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन ।

 

नेताहरु गफिएर बसेका छन् । केही नेताहरु भने सहमतिको प्रयासमा दौडधुपमा छन् ।चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहको फरक धारणा छ । देउवा समूह वाम गठबन्धनका कारण चुनाव हारियो भन्ने निष्कर्षसहित बैठक सम्पन्न गर्न चाहन्छ भने पौडेल समूह त्यति मात्र होइन भन्ने पक्षमा छ ।गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताहरुले सभापतिले जिम्मा लिुन पर्ने बताएका छन् ।

सानेपामा रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘कार्यक्रममा विवाद छैन । हारको जिम्मा कसले लिने भन्नेमा सहमति नहुँदा महामन्त्रीको प्रतिवेदन तयार हुन सकेको छैन ।’सहमतिको प्रयास लम्बिएपछि चुनावी समिक्षाको प्रस्ताव पार्टी सभापतिले ल्याउने र त्यसमा सहमत नहुनेहरु आफ्नो राख्ने विकल्प पनि नताहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...