रिलिज भयो ‘कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज’, हलमा प्रियंका भर्सेस प्रियंका



हाम्रो इकोनोमि

शुक्रबारदेखि हलमा २ नयाँ चलचित्र रिलिज भएका छन् । निकै प्रचारप्रसार गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आजबाट हलमा लागेको छ ।

नायिका केकी अधिकारीको पहिलो निर्माण चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रलाई पूर्ण कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रको प्रचारका लागि नायिका केकी अधिकारीले विभिन्न खालका शैली अपनाएकी थिइन् ।

यस्तै, आजैबाट खासै प्रचारप्रसार नगरि चलचित्र ‘ह्याप्पी डेज’ पनि रिलिज गरिएको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता मुख्य भूमिकामा छन् । यो चलचित्रले भने यूकेमा बस्ने नेपालीको कथालाई उठान गरेको छ

दुबै चलचित्रमा नायिका प्रियंका कार्की मुख्य भूमिकामा रहेकाले पनि हलमा प्रियंका भर्सेस प्रियंकानै देखिएको छ ।

२०७५ वैशाख १४ गते १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...