रिलिज भयो ‘कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज’, हलमा प्रियंका भर्सेस प्रियंका



शुक्रबारदेखि हलमा २ नयाँ चलचित्र रिलिज भएका छन् । निकै प्रचारप्रसार गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आजबाट हलमा लागेको छ ।

नायिका केकी अधिकारीको पहिलो निर्माण चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रलाई पूर्ण कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रको प्रचारका लागि नायिका केकी अधिकारीले विभिन्न खालका शैली अपनाएकी थिइन् ।

यस्तै, आजैबाट खासै प्रचारप्रसार नगरि चलचित्र ‘ह्याप्पी डेज’ पनि रिलिज गरिएको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता मुख्य भूमिकामा छन् । यो चलचित्रले भने यूकेमा बस्ने नेपालीको कथालाई उठान गरेको छ

दुबै चलचित्रमा नायिका प्रियंका कार्की मुख्य भूमिकामा रहेकाले पनि हलमा प्रियंका भर्सेस प्रियंकानै देखिएको छ ।

२०७५ वैशाख १४ गते १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका