नेफा अध्यक्षमा फेरी प्रकाश सिंह कार्की सर्वसम्मत
वाणिज्यका साझेदार पारवहन व्यवसायीहरूको छाता सगंठन नेपाल फ्रेट फरर्वाडस सघं (नेफा)को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रकाश सिंह कार्कीको अध्यक्ष्तामा गठन गरिएको १४ सदस्य कार्यसमितिको कार्यकाल अवधि दुई वर्षको रहने छ । नेफाको नव गठित पदाधिकारीहरू, अध्यक्षमा प्रकाश सिंह कार्की त्यस्तै प्रथम उपाध्यक्ष मनोज अधिकारी , दितिय उपाध्यक्ष राजेन्द« संघौला , महासचिव सुन्दर प्रसाद दाहाल, कोषाध्यक्ष नरेश अग्रवाल, सचिव बलराम बञ्जारा र सह–कोषाध्यक्ष हरि प्रसाद ढकाल रहेका छन् । त्यस्तै कार्य समिति सदस्यहरूमा सीता अधिकारी, मनिषमान श्रेष्ठ, ईश्वर गुरुङग, सुजन कुमार न्यौपाने प्रनिल मान सिंह प्रधान र सह देव बञ्जारा लगायत सम्पूर्ण पदाधिकारीहरू र्नि्विरोध र्निवाचीत भएका छन् । त्यस्तै मनोनीत दुई सदस्यहरूमा गंगाराम पुडासैनी र गंगा बहादुर राया पर्ने सफल भएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष कार्कीले पारवहन सरलीकरणबाटै व्यापार सहजीकरणहुंदै यस तर्फका व्यवसायीले खेप्दै आएको उच्च लागतको समस्या न्युनिकरणमा सहयोग पुग्ने बताएका छन् । साथै अउंदा दिनमा पारवहनका चुनौती सरलीकरणको लागि व्यावसायिक एकियवद्धताको समेत आवश्यक्ता रहेको प्रस्ट पारेका छन् । नेफा प्रति आजीवन निष्ठावान भई सम्पूर्ण जीवन पारवहन व्यवसायका लागि सर्मपीत गरेकोले आफ्नो शेषपछि नेपाल फ्रेट फरर्वाडस सघंको झन्डा ओढाएर बिदागर्न उपस्थित सम्पूर्ण फ्रेट व्यवसायीहरूमा उनले अनुरोध गरेका छन् ।
सोलुखुम्बु निवासी काँग्रेसका नेता प्रकाश सिंहको नेफामा यो दोस्रो कार्यकाल हो । उनी यस अघि पनि र्नि्विरोध निर्वा्चित हुन पुगेका थिए । यस अघिको कार्यकालमा पारवहनलाई थप सहज बनाउन सुरु गरिएका विभिन्न प्रयास मध्ये खतराजन्य कार्गो ढुवानी सम्बन्धी सातदिने तालीम नेफाकै संयोजकत्वमा सम्पन्न भएको थियो । त्यस्तै नेपाल आउने ट्रान्जिट कार्गो ढुवानीलाई छिटो छरितो र झनझट रहित बनाउन इलेट्रोनिक कार्गो ट्रयाकिङग प्रणालीलाई र्कावान्यनमा ल्याउन गरिएका सहकार्य सहित हालै नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले संयुक्त रुपामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभई हुने आयात÷निर्यात कार्गोमा लाग्दै आएको कार्गो प्रबन्ध शुल्कमा भएको संशोधन लगायतका क्रियाकलापले सम्पूर्ण फ्रेट व्यवसायी लाभान्वीतभई निर्यात व्यापारको लागत घटाउन नेफा सफल भएको छ ।