ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगे किम जोंग उन, के के हुदैछ वार्तामा
उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।सांकेतिक कदमहरुले भरिपूर्ण एउटा पल थियो जब किम र मूनले दुबै देशको गैरसैनिक क्षेत्रमा हात मिलाए ।दक्षिण कोरियाली राष्ट्रपति मूनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेके, जुन अपेक्षा नगरिएको एउटा पल थियो ।समाचार एजेन्सी एफपीका अनुसार मूनले किमलाई भने, ‘तपाईंलाई भेट्न पाएकोमा खुसी छु ।’
यसलाई ऐतिहासिक भेट भनिदैछ । यसले ६ दशकदेखि विभाजित कोरियाली प्रायद्विपमा शान्ति ल्याउन सक्ने आस गरिँदैछ । शुक्रबार विहान उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इनले दुई देशलाई छुट्टाउने गैरसैनिक क्षेत्रमा स्वागत गर्दैछन् ।यो भेट दुई देशका शीर्ष नेताहरुबीचमा सन् २००७ पछि हुन लागेको पहिलो पटक भेट हो । यो वार्ताको परणामले यो पुस्ताको सबैभन्दा महत्वपूर्ण वार्ताको रुपमा बताइएको किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट निर्धारण हुनेछ । उनीहरु बीचमा मे वा जुनको शुरुमा भेट हुनेछ ।
यसरी हुनेछ वार्ता
किमले दुई देशलाई छुट्याउने रङ्गाइएको ‘मिलिटरी डेमार्केशन लाइन’ पार गर्नेछन् । उनी स्थानीय समयको विहान ९ः३०(नेपाली समय ५ः१५ विहान) मा गैरसैनिक क्षेत्रको दक्षिण भागमा जानेछन् । त्यसलाई करोडौँले प्रत्यक्ष प्रशारण मार्फत हेर्नेछन् ।त्यहाँ उनले राष्ट्रपति मूनलाई भेट्नेछन् । त्यसपछि दुईले गैर सैनिक क्षेत्रमा रहेका ‘सम्झौता गाँउ’मा रहेको ‘पिस हाउस’ भनिने सभा हलमा छोटो यात्रा गर्नेछन् । किम आफ्नी श्रीमती रि सोल जुका साथ वार्तामा जाने अनुमान गरिँदैछ । उनी अघिल्लो महिना बेइजिङ्गमा भएको भ्रमणमा पनि किमको साथ गएकी थिइन् ।
दक्षिण कोरियाले धेरैको नजर हुने यो वार्ताको तयारीमा कुनै कसर छाडेको छैन । उनीहरु भेट्ने कोठालाई दुई देशको सम्बन्धका धेरै संकेतहरु राखेर डिजाइन गरिएको छ ।खाजाको लागि ब्रेक पछि किम र मूनले एक धुपीको बिरुवालाई दक्षिण कोरियाको माउण्ट हल्ला र उत्तर कोरियाको माउण्ट बेइक्दुबाट ल्याइएको माटो प्रयोग गरेर रोप्नेछन् । दिनभर विभिन्न चरणमा दुई देशको गुण भएका उपहार आदानप्रदान हुनेछ ।
वार्ताका मुख्य तीन विषय छन् : कोरियाली प्रायद्विपको आणविक निसशस्त्रीकरण, द्विपक्षिय सम्बन्धमा सुधार र आधिकारिक शान्ति सम्झौता । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ भएको युद्ध सन् १९५३ मा भएको शान्तिवार्ता पछि रोकिएको थियो । तर कुनै सम्झौता नभएकाले प्राविधिकरुपमा हाल पनि दुबै देश युद्धमा रहेको मानिन्छ ।
यस वार्ताको सबैभन्दा जटिल मुद्धा भनेको उत्तर कोरियाको आणविक कार्यक्रम हुनेछ । किमले उनको बुवा वा हजुरबुवाले भन्दा धेरै मिसाइल परिक्षण सञ्चालन गरिसकेका छन् । उनले आफुसँग अमेरिकाको मुलभूमीसम्म मार हान्न सक्ने लामो दुरी मिसाइल भएको दावी गरिरहेका छन् ।
अघिल्लो हप्ता राष्ट्रपति मूनले उत्तर कोरियाले आणविक निशस्त्रिकरणको लागि दक्षिण कोरियामा तैनाथ रहेका अमेरिकी सेना हटाउनु पर्ने धेरै पहिलेदेखिको सर्त त्यागेको भनेका छन् । र, शनिबार किमले आफूले आणविक क्षमता परिक्षण रोक्ने बताए ।तर विश्लेषकहरुले यी नरमतालाई शंकाको नजरले हेरेका छन् । उनीहरुले आणविक निसशस्त्रीकरण वार्ताको सबैभन्दा जटिल मुद्दा हुने बताउदै किम आफ्नो आणविक हतियार त्याग्न साँच्चै तयार नदेखिएको बताएका छन् ।र यदी उत्तर कोरियाले आणविक निसशस्त्रिकरण गर्न मान्यो भने पनि पश्चिमलाई उसँग कतिवटा आणविक हतियार छ र ति कहाँ छ भन्ने थाहा छैन ।
अरु को–को सामेल छन् वार्तामा ?
यो वार्ता दुई कोरियाको मात्र होइन । चीन र अमेरिका पनि कोरियाली युद्धमा सहभागी थिए । त्यसैले शान्ति सम्झौताको सफलताको लागि उनीहरु यसमा हिस्सेदार हुनुपर्छ ।अमेरिकाको लागि अन्तर–कोरियाली सम्मेलन धेरैले भनिरहेका मुख्य घटना ः किम र ट्रम्पबीचको भेटको लागि नापतौलको विषय पनि हुनेछ । शुक्रबार भएको सहमतिले त्यो भेटको लागि मार्ग बनाउनेछ र किमको एजेन्डाको लागि राम्रो अनुभुति प्रदान गर्छ ।यो वार्तामा जापान र चीनका धेरै कुरा दाउमा हुनेछ ।टोकियोलाई आफूलाई यो वार्ताबाट बाहिर राखिएको परिरहेको छ । उसलाई सम्झौतामा उत्तर कोरियालाई लामो दुरीबाहेकका मिसाइलहरु राख्न दिने छुट दिइएला भन्ने डर रहेको छ । छोटो दुरी र मध्यम दुरीको मिसाइलले जापानसम्म मार हान्न सक्छ ।बेइजिङ्गलाई भने किम आफ्नो प्रभावबाट बाहिर जान लागेको भन्ने डर रहेको छ । यो सम्झौताले उत्तर कोरियालाई अमेरिका र उसका मित्र राष्ट्रहरुको नजिक पुराउँला भन्ने डर छ उसलाई ।
चीनलाई यो वार्तामा संलग्न गर्नु अमेरिका र दक्षिण कोरियाकै फाइदा हुनेछ अन्यथा उसले उत्तर कोरियामा हाल लगाइरहको नाकाबन्दी खोलिदिएमा तिनको उत्तर कोरियालाई आणविक अस्त्र निसशस्त्रीकरण गर्ने प्रयास खेर जान सक्छ । धेरै विज्ञहरुले पछिल्लो नाकाबन्दीले निम्त्याएको कठिनाईका कारण नै किम वार्तामा आएको विश्वास रहेको छ ।
हामीलाई के असर पर्छ ?
केही महिना अघि मात्र अमेरिका र उत्तर कोरिया युद्धको संघारमा भएको जस्तो देखिएको थियो । कोरियाली प्रायद्विपमा हुने जुनसुकै सैन्य मुडभेडले तत्कालै दक्षिण कोरिया र जापानमा ठूलो सङ्ख्यामा मान्छेहरु मर्नेर्छन । नेपालीहरुको ठूलो सङ्ख्या ति देशमा रहेकाले यो हाम्रो चासोको विषय हुन सक्छ । यसका साथै अमेरिका पनि उत्तर कोरियाको मिसाइल आक्रमणमा पर्न सक्छ । त्यसैले यदी कोरियाली प्रायद्विपमा युद्ध भड्किएमा द्वन्दले विश्वव्यापी रुप लिन सक्छ । त्यस्तो अवस्थामा विश्वको कुनै देश पनि अक्षुतो रहने छैनन् ।
तर पछिल्लो समय भएको कुटनीतिक प्रयासले यसमा केही सुधार आएको छ ।सुरक्षाको अतिरिक्त सम्झौताले उत्तर कोरियाली सर्बसाधरणलाई पनि फाइदा पु¥याउने मानिएको छ । त्यहाँका धेरै मानिसहरुमा कुपोषण लागेको मानिन्छ । तथापी उत्तर कोरियाको मानव अधिकारको विषय भने यो वार्तामा मुख्य विषय हुने छैन ।
कसरी यो स्थानसम्म आइपुगियो ?
किमले वार्तामा आउने निर्णय किन गरे भन्ने कसैलाई पनि थाहा छैन तर विज्ञहरुले यसमा तीन तत्वको प्रभाव हुन सक्ने बताएका छन् ।आर्थिक दबाब । उत्तर कोरियामा थपिएका पछिल्ला नाकाबन्दीले त्यहाँ निक्कै असर परेको छ । यसले किमलाई आर्थिक रुपमा कमजोर बनाएको छ । उत्तर कोरियाको परम्परागत मित्र चीनसँगको व्यापार लगभग ध्वस्त भएको छ ।
किम अन्तर्राष्ट्रिय पहिचानको भोको छन् । उनलाई आफ्नो आणविक हतियारले अन्तराष्ट्रिय मञ्चमा आफ्नो अढानलाई बल हुने लागेको छ । उनी विदेशी नेताहरुले आफूलाई दानव नभएर बराबर ठानुन भन्ने चाहन्छन् । मून र पछि ट्रम्पसँग वार्ता बसेपछि उनलाई देशभित्र विजयी मानिनेछ । किनकी उनले आफ्नो पिता र हजुरबुवाले हासिल नगरेको कुरा हासिल गरेका हुनेछन् ।
अन्त्यमा किमले समय लिनका लागि खेल खेलिरहेका हुनसक्छन् । ट्रम्प उनी प्रति निक्कै कढा रुपमा प्रस्तुत भइरहेको छन् । अझ पछिल्लो समय ट्रम्पले आफ्नो क्याविनेटमा उत्तर कोरियाप्रति कडा कारबाही गर्नु पर्छ भन्नेहरुलाई ल्याएका छन् । त्यसैले किमले अमेरिकासँग युद्ध हुने अनुमान गरेर आफ्नो परिवारीक बंश बचाउनको लागि वार्तालाई आवश्यक ठानेका हुनसक्छन् ।