एकै दिन एकै समयमा पार्टी एकता तुहाउने गरी ओली र प्रचण्डले एकले अर्कालाई हाने यस्तो झटारो,दुवैको तात्यो पारो



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया ओझेल परेका बेला दुई दलका अध्यक्षले बिहीबार छुट्टाछुट्टै दिएको अभिव्यक्तिबाट एकीकरण अझै टाढा रहेको संकेत देखा परेको छ।

यही बैशाख ९ गते पार्टी एकतालाई औपचारिकता दिने भनेपनि त्यसमा असफल बनेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रौतहटमा दिएको अभिव्यक्तिले त्यस्तो संकेत दिएको हो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दा विचार, अगाडिको अभिभारा र देशका जनताप्रतिको कर्तव्यको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ र हामी कहाँ हुन्छौं भन्ने विषयले अनावश्यक चर्चा पाएको बताए।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा सानेपामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीसँग एकीकृत हुन लागेको माओवादी खासगरी त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै घुमाउरो पारामा त्यस्तो भनेको स्पष्ट बुझ्न सकिन्थ्यो ।

एकताका लागि परेको गाँठो स्पष्ट पार्ने कोशिसमा प्रस्तुत भएका ओलीले भने केन्द्रका अध्यक्ष दाहाललाई नै लक्षित गर्दै भने, ‘बालुवा, पानी र गिट्टी उपयुक्त मात्रामा मिलन भए मात्रै राम्ररी प्लास्टर हुन्छ तर यहाँ बालुवाले मेरो महत्व धेरै छ पद बढी चाहिन्छ भन्‍ने, पानीले म भइन भने पुक्का हुन्छ भन्‍ने , अनि गिट्टीले मेरो पद बढी भएन भने प्लास्टर बलियो हुँदैन भनेर हुन्छ ? बालुवा, पानी र गिट्टी उपयुक्त मात्रा मिलाएर प्लास्टर गर्नु पर्छ । मात्रा उपयुक्त भएन भनेर पीर गर्नु हुन्‍न।’

तर उपयुक्त मिलान र जडानबाट पार्टी एकता गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीले बताए। त्यसअघि रौतहटको चन्द्रपुरमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगो देशले एकता चाहेपनि सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न चुनौती देखिएको बताएका छन्।

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए। अध्यक्ष दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको समेत बताए। तर कुन विदेशी शक्तिप्रति उनको लक्ष थियो त्यो दाहालले खुलाएनन्।

एमाले र माओवादीबीच एकताका लागि सैद्धान्तिक विषयमा सहमति भएको बताइए पनि दुई पार्टीका दुई अध्यक्षबीच एकीकृत पार्टीमा आआफ्ना पदीय हैसियत कस्तो हुने र पार्टीका कमिटिहरुमा दुई पार्टीको हिस्सेदारी कति हुने भन्ने लगायत विषयमा सहमति नबन्दा एकीकरण लम्बिएको छ।

दाहालले बुधबार चितवनमा एकीकरणको नयाँ मिति यही १४ गते अर्थात भोली घोषित हुने हुने दावी गरेपनि त्यसको भोलीपल्ट अलगअलग मञ्चबाट दुई नेताहरुको कटाक्षपूर्ण जुहारीले एकीकरण संकटमुक्त नरहेको प्रस्ट भएको छ।

बैशाख नौ गते पार्टी एकताको औपचारिक घोषणा गर्न नसकेपछि एमाले र माओवादीको एकता छिट्टै हुन्छ भन्ने सन्देशमा सीमित भएको थियो। त्यस दिन पनि सम्मान, समानता र न्यायोचितढंगबाट पार्टी एकता हुनुपर्छ भन्ने अध्यक्ष दाहालको अभिव्यक्तिलाई घुमाउरो पारामा प्रधानमन्त्री ओलीले ‘जुत्ता मिलेन भनेर छोड्न हुँदैन खुट्टा तासेरै भएपनि लगाउनु पर्छ’ भन्ने जवाफ दिएका थिए।

त्यही मान्यताको निरन्तरता सहित बिहीबार फेरी पनि दाहाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्लाष्टरको उदाहरण प्रस्तुत गर्दा सँगै रहेका एमालेका शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल, भरतमोहन अधिकारी लगायत नेता तथा कार्यकर्ताबाट तालीको ओइरो लागेको थियो।

मनमोहन स्मृति दिवस

ओलीले नेपालको कम्युनिष्ट आन्न्दोलनबाट मनमोहन अधिकारी, पुष्पलाल र मदन भण्डारीलाई अलग्याइयो भने आफ्नो पार्टीको अस्तित्व मेटिने बताए। ओलीले भने, ‘मनमोहनको प्रवल चाहना एउटा सुदृढ र सवल एकीकृत कम्युनिष्ट पार्टी निर्माण थियो ।

अव त्यो दिन नजिकएको छ ।’ ओलीले मनमोहनको स्मृतीलाई भन्दा उनको आन्दोलनलाई जोगाउन आफुहरु सफल भएको समेत दावी गरे। उक्त अवसरमा डा. ढाकाराम सापकोटाद्धारा लिखित मनमोहन अधिकारी नेपाली राजनीतिमा ६ दशक नामको पुस्तक प्रधानमन्त्री ओलीले विमोचन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९