प्रधानमन्त्री ओलीको आडमा मन्त्रीको ढाडमा टेकेर टाउकोमा घन हान्ने यिनलाई सनासोले च्याप्न उठ्यो माग



हाम्रो इकोनोमि

कानून न्याय तथा संसदस्य व्यवस्थामन्त्री शेरबहादुर तामाङले महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो कार्यसम्पादनमा हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वकानूनमन्त्री समेत रहेका अग्नि खरेललाई प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ताको जिम्मेवारी दिएपछि एमालेभित्रै विरोध भएको थियो । पदको लोभमा घटुवा हुँदै पूर्वमन्त्री भएर पनि महान्यायाधिवक्ताको जिम्मेवारी बहन गर्न पुगेका खरेलले कानूनमन्त्री तामाङलाई दैनिक कार्यसञ्चालनमा अवरोध गर्दै आएका छन् ।

खरेलले हस्तक्षेप गर्न थालेपछि मन्त्री तामाङले आफू निकटका नेताहरूसँग काम गर्न समस्या भएको भन्दै चिन्ता जनाएका हुन् । ‘अग्नि खरेलजीले कानून मन्त्रालयको दैनिक काममा समेत हस्तक्षेप गर्न थाल्नुभएको छ’, स्रोते भन्यो, ‘यस्तो हो भने खरेलजीविरुद्ध पार्टीमा कुरा गर्नुपर्छ ।’

न्यायाधीश नियुक्तिदेखि कानून बनाउने लगायतका विषयमा महान्यायाधिवक्ता खरेलले हस्तक्षेप गर्दै आएका छन् । खरेल पदका लागि अशक्त रहेको भन्दै एमालेमा विरोध हुँदै आएको छ । तर, खरेललाई ओलीले काखी च्यापेका कारण समस्या उत्पन्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...