मदन भण्डारीले देखाएको बाटोबाटै साम्यवाद आउँछ भन्दै प्रधानमन्त्रीले क-कस्लाई हाने झटारो



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने संकल्प दोहोर्याएका छन् । मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उदघाटन गर्दैै उनले सो संकल्प दोहोर्याएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान सञ्चालन गर्दै अघि बढने योजना पनि अघि सारे । प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने पनि बताए । प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे ।

उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको समेत स्पष्ट पार्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...