६ पटक खान नपाए सुटिङ नै छाडिदिने सलिनमान



पहिलो फिल्म ‘ए मेरो हजुर २’ हिट भएपछि चकलेटी नायक सलिनमान बनियाको माग ह्वात्तै बढ्यो । तर, कुनै फिल्म साइन नगरी उनी लामो समय चुपचाप बसे । अहिले आएर बल्ल उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ मा साइन गरेका छन् ।

सलिनमानलाई आफल्नो चलचित्रमा लिएर यतिबेला दंग छन् निर्माता केशव भट्टराई । तर, उनका लागि कठिन दिनहरु आउँदैछन् । किनकी सलिनमानलाई उनले दिनमा ६ पटक खुवाउनुपर्ने छ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सलिनले भने, ‘मलाई दिनमा ६ पटक खानुपर्छ । समयमा खान पाइन भने मलाई रिस उठ्छ । रिस उठेपछि सुटिङ गर्न गाह्रो हुन्छ

निर्माता केशव भट्टराइलाई पनि यो कुरा अवगत रहेछ । उनले सलिनको बारेमा भने-‘सलिनलाई धेरै खानुपर्छ र उनी चाडै रिसाउँछन् भन्ने मैले पनि सुनेको छु । तर, आशा छ, हाम्रो चलचित्रमा भने सलिनले त्यस्तो व्यवहार नगर्लान् । सलिनलाई हामी सम्हाल्न सक्छौ ।’

चलचित्र ‘ए मेरो हजुर २’को छायांकन चलिरहँदा समयमा खान नपाएको निहुँमा सलिनले ‘सुटिङ क्यान्सिल गरौ, म लागेको खर्च सबै तिरिदिन्छु’ समेत भनेका थिए ।

पत्रकार सम्मेलनमा सलिनलाई सोधियो, ‘कतै यो चलचित्रमा पनि तपाईंले यस्तै खालको सम्झौता त गर्नुभएको छैन ?’

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका