६ पटक खान नपाए सुटिङ नै छाडिदिने सलिनमान



हाम्रो इकोनोमि

पहिलो फिल्म ‘ए मेरो हजुर २’ हिट भएपछि चकलेटी नायक सलिनमान बनियाको माग ह्वात्तै बढ्यो । तर, कुनै फिल्म साइन नगरी उनी लामो समय चुपचाप बसे । अहिले आएर बल्ल उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ मा साइन गरेका छन् ।

सलिनमानलाई आफल्नो चलचित्रमा लिएर यतिबेला दंग छन् निर्माता केशव भट्टराई । तर, उनका लागि कठिन दिनहरु आउँदैछन् । किनकी सलिनमानलाई उनले दिनमा ६ पटक खुवाउनुपर्ने छ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सलिनले भने, ‘मलाई दिनमा ६ पटक खानुपर्छ । समयमा खान पाइन भने मलाई रिस उठ्छ । रिस उठेपछि सुटिङ गर्न गाह्रो हुन्छ

निर्माता केशव भट्टराइलाई पनि यो कुरा अवगत रहेछ । उनले सलिनको बारेमा भने-‘सलिनलाई धेरै खानुपर्छ र उनी चाडै रिसाउँछन् भन्ने मैले पनि सुनेको छु । तर, आशा छ, हाम्रो चलचित्रमा भने सलिनले त्यस्तो व्यवहार नगर्लान् । सलिनलाई हामी सम्हाल्न सक्छौ ।’

चलचित्र ‘ए मेरो हजुर २’को छायांकन चलिरहँदा समयमा खान नपाएको निहुँमा सलिनले ‘सुटिङ क्यान्सिल गरौ, म लागेको खर्च सबै तिरिदिन्छु’ समेत भनेका थिए ।

पत्रकार सम्मेलनमा सलिनलाई सोधियो, ‘कतै यो चलचित्रमा पनि तपाईंले यस्तै खालको सम्झौता त गर्नुभएको छैन ?’

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...