वर्षमानले पार्टी एकता न सेकता भन्दै रन्किएर हिडेका ओली र प्रचण्डको पाखुरा समातेर थचारे पछी……..



पार्टी एकता संयोजन समितिले आयोजना गरेको लेनिन दिवस तथा पार्टी एकता दिवस कार्यक्रममै लेनिनको तस्वीर नदेखेपछि आइतबार (९ बैशाख) दुबै पक्षका कार्यकर्ताहरुले कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा नारावाजी गरे। त्यसले गर्दा कार्यक्रम नै हुने नहुने आशंका सिर्जना भयो, कार्यक्रम ४ घण्टा लम्बियो।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसरी सम्बोधन गरे, त्यसले भने एकताप्रतिको आशंका मेट्यो। ओली र प्रचण्ड दुबैले पार्टी एकता भएरै छाड्ने र एकता गरेर ‘सरप्राइज’ दिने उद्घोष गरे। कार्यकर्ताले पत्याए, ताली ठोके।

कार्यक्रमस्थलमा कार्यकर्तातहमा जस्तो द्वन्द्वको स्थिति सिर्जना भयो, त्यो भन्दा ठूलो द्वन्द्व राष्ट्रिय सभागृहभित्र अतिथिहरुका लागि बनाइएको भिभिआइपी कक्षमा ओली र प्रचण्डबीच भयो। दुईजनाबीचको द्वन्द्व र बाझाबाझका कारण झण्डै आइतबारको कार्यक्रम नै स्थगित हुन पुग्यो।

ओली–प्रचण्ड बाझाबाझ
लेनिनको फोटो नहुनु र कार्यक्रमका लागि बनाइएको बोर्डमा एमालेका दिबंगत नेताहरुको मात्र फोटो राखिएको विषयले नारावाजी सुरु भएपछि माओवादी पंक्तिले अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेको थियो। तर, त्यहाँ सिर्जना भएको रडाकोबारे ओली अनविज्ञ थिए। त्यसैले, उनी कार्यक्रमस्थल पुगे।

ओली कार्यक्रमस्थलमा पुगेको जानकारी पाएपछि प्रचण्डपनि राष्ट्रिय सभागृह पुगे। ओली लगायत संयोजन समितिका सदस्यहरु रहेको भिभिआइपी कक्षमा गए, ओलीलाई भेटे। प्रचण्डलाई देख्नासाथ ओलीले आक्रोस पोखे, ‘त्यो बोर्ड किन निकालियो? त्यही ब्यानर नराख्ने हो भने कार्यक्रम हुँदैन। म हिँड्छु।’

विवादास्पद बनेको त्यो बोर्ड ओली राष्ट्रिय सभागृहमै रहेका बेला निकालेर भुइँमा राखिएको थियो। ओलीले प्रचण्डसँग चित्त दुखाए, ‘पुष्पलालको फोटो भुइँमा राखेर म कसरी भाषण गर्नसक्छु? मनमोहन अधिकारी र मदन भण्डारीको अनुहार देख्दा तपाईंहरुलाई किन रिस उठ्छ?’

ओली आक्रोसित रुपमा पेश भएपछि प्रचण्डपनि त्यही शैलीमा प्रस्तुत भए। ‘संयुक्त कार्यक्रम भनेपछि त्यसै अनुसार गर्नुपर्छ। एमालेका नेताहरुको मात्र तस्वीर राख्ने हो भने तपाईंहरु नै आयोजक बनेर हामीलाई अतिथिको रुपमा बोलाएको भए भइहाल्थ्यो’ प्रचण्डले भने, ‘कार्यक्रम संयुक्त भन्ने, अनि एकपक्षीय रुपमा गर्न खोज्ने?’

प्रचण्डको जवाफ सुन्नासाथ ओलीले भने, ‘त्यसो भए कार्यक्रम नगरौं।’ यसो भन्दै ओली उठे। ओली उठेपछि प्रचण्डपनि उठे। ओली प्रचण्डबीच बाझाबाझ चलिरहेको बेला उर्जामन्त्री बर्षमान पुनले बोर्ड निकाल्ने काम माओवादी पक्षबाट नभई एमाले नेता कृष्णगोपाल श्रेष्ठले निकालेको जानकारी ओलीलाई दिएका थिए।

नेपाल र पुनले मिलाए
दुबै नेता उठेपछि अन्योल सिर्जना भयो, कार्यक्रम नै नहुने हो कि भन्ने भयो। उठिसकेका दुई नेतालाई थम्थम्याउने काम उर्जामन्त्री पुनले गरे। ‘तपाईंहरु दुबैजना बस्नुस्’ उठेर हिँड्न लागेका नेताहरुलाई पुनले भने, ‘तपाईंहरु पो सेना–प्रहरीको सुरक्षाभित्र हुनुहुन्छ, केही हुँदैन। तर अरु नेता कार्यकर्ताको के हालत हुन्छ? जनताले हामीलाई के भन्छन्?’

पुनले त्यस्तो अप्रिय स्थिति सिर्जना हुनुमा ओली र प्रचण्ड लगायत संयोजन समितिमा रहेका नेताहरुको दोष रहेको बताएका थिए। ‘कार्यक्रम संयोजन समितिले आयोजना गरेको हो, संयोजन समितिमा तपाईंहरु हुनुहुन्छ’ पुनले भने, ‘कार्यक्रम गर्ने भनेपछि कस्तो ब्यानर बनाउने, ककस्ले बोल्ने भन्ने छलफल हुनुपर्दैनथ्यो?’

पुनले कार्यक्रम भाँडिए अप्रिय स्थिति सिर्जना हुने र संयोजन समितिको त्रुटिका कारण त्यो परिस्थिति सिर्जना भएको बताउँदै छुट्टै बोर्ड बनाएर कार्यक्रम गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए। त्यसपछि बरिष्ठ नेता नेपालले कार्यक्रमस्थलमा रहेको बोर्डलाई यथावत राखेर माओवादी केन्द्रको तर्फबाट अर्काे बोर्ड बनाएर ल्याएपछि कार्यक्रम सुरु गनुपर्ने प्रस्ताव राखे। त्यसमा सबैले सहमति जनाए।

त्यसपछि माओवादी केन्द्रीय कार्यालयका सचिव प्रल्हाद बुढाथोकीलाई बोर्ड बनाएर ल्याउन भनियो। करिव ३ घण्टापछि बोर्ड बनाएर ल्याइयो र कार्यक्रम सुरुभयो। कार्यक्रममा ओली र प्रचण्डले आफूहरुबीच मतान्तर नरहेकोमात्र बताएनन्, सरप्राइज दिने गरी एकता हुने दावी गरे।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९