ढाडिए पछी किर्नाले छोडेको भैसी बन्दै देउवा,यी हुन् बुढेसकालमा देउवालाई तातो थाङ्नामा सुताउने



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र कमजोर बनेका छन् । ईतिहाँसमै यसअघिका कांग्रेस सभापतिहरु देउवाभन्दा कमजोर थिएनन् । देउवा अहिले निरिह बनेका छन् ।

स्थानीय, प्रदेश र केन्द्रिय चुनावमा पार्टीले लज्जास्पद हार व्यहारेपछि देउवाको पार्टीभित्र र बाहिरबाट आलोचना भैरहेका छन् । उनको कार्यशैलीको आलोचनासँगै आफू निकट मानिने नेताहरुलेपनि अहिले धमाधम साथ छोडिरहेका छन् । सूत्रहरुले दिएको जानकारी अनुसार देउवा यतिवेला तनाबमा छन् । जारी केन्द्रिय कार्य समिति बैठकमापनि उनको विरुद्ध खुलेरै युवादेखि पाका नेताहरुले खरो अभिव्यक्ति दिईरहेका छन् ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेद्धवारी दिँदै गर्दा उनलाई अस्वभाविक साथ र समर्थन जुटेको थियो । कतिसम्म भने कोइराला खेमाका प्रभावशाली नेता अर्जुननरसिंह केसीले देउवा प्यानलबाट महामन्त्री लडेका थिए । तर, बिडम्ना आज उनै केसी देउवाका कट्टर आलोच कबनेका छन् । उनले सार्वजनिक रुपमै देउवाको विरोध गरेका छन् । देउवा भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप केसीले लगाएका थिए ।

अर्का नेता कृष्ण प्रसाद सिटौलापनि यतिवेला देउवाविरुद्ध मोर्चाबन्दी कस्न व्यस्त छन् । उनले देउवालाई जसरीपनि सभापतिबाट हटाउने रणनीति बुनेको कांग्रेस निकट उच्च स्रोतको दाबी छ ।

यता पदाधिकारी मनोनयन गर्न लागेका देउवालाई नेताद्धय विमलेन्द्र निधि र विजय कुमार गच्छदारमध्ये एक जनालेपनि साथ छोड्ने निश्चिित छ । देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने तयारी गरेसँगै लामो समयदेखि देउवा क्याम्पमा रहेका निधिपनि रुष्ट बन्ने निश्चित् छ ।

उता गगन थापाको नेतृत्वमा युवा नेताहरुलेपनि देउवाविरुद्ध मोर्चाबन्दी कसेका छन् । उनीहरु कुनैपनि हालतमा देउवालाई पूरा कार्यकाल सभापति खान नदिने पक्षमा दृढ भएर उभिएका छन् । पार्टीको भातृ संगठनमा पौडेल पक्षका नेताहरुले एकपछि अर्को विजयी हाँसिल गर्न थालेपछि देउवा कमजोर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...